Wednesday, January 19, 2011

एकिकृत सम्पति कर अबैज्ञानिक

प्रकाश डोटेल स्याङ्जा–५, माघ
स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष ०६३÷०६४ बाट नगरबासिसँग उठाउँदै आएको एकिकृत सम्पत्ति कर अबैज्ञानिक तबरबाट लागु गरिएको बताइएको छ । एकिकृत सम्पत्ति कर अबैज्ञानिक भएको भन्दै नेपाली काँग्रेस स्याङ्जाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । करिव ५ वर्षअघि देखि लागु गरिएको सम्पत्ति करमा १४ औं नगर परिषदबाट थप बृद्धि भएको थियो ।
विगतका वर्षहरुको तुलनामा चालु वर्षबाट करमा झण्डै पाँच सय प्रतिशत बृद्धि भएको छ । नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीले भने, राजमार्गका आसपासमा रहेका जग्गाधनिहरुलाई सुहाउँदो भएपनि नगरपालिका क्षेत्र अन्र्तगतका विकटका वासिन्दालाई हालको कर धान्नै नसक्ने स्थितीमा छ ।


नगरवासीले गुनासो गरेपछि नेपाली काँग्रेसले नगरपालिका कार्यालयमा गएर करलाई पुरानै दरमा लैजान आग्रह गरेको हो । कर बृद्धिको निर्णय फिर्ता नलिएमा काँग्रेसले आन्दोलनमा उत्रने समेत चेतावनी दिएको छ ।
१४ औं परिषदबाट पारित भएर लागु भएको करलाई फिर्ता गर्न नसकिने नगरपालिकाका कार्यकारी अधिकृत प्रमुख हरिराम पाण्डेले बताए । आर्थिक बर्षको मध्यभागमा आएर निर्णय फिर्ता लिन नसक्ने बताउदै अधिकृत पाण्डेले करको समस्या संयन्त्रको बैठकमा छलफलका लागि लैजाने बताए ।
कर बृद्धिको निर्णय फिर्ता गराउनमा हाम्रो कुनै स्वार्थ छैन् । नेपाली काँग्रेस स्याङ्जाका महासमिति सदस्य राजु थापाले भने, नगरबासिले भारी करलाई थेग्न नसकेपछि फिर्ता लिन आग्रह गरेका हौ । फिर्ता नलिए नगरबासिको सहभागितामा आन्दोलनमा उत्रन्छौं ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home