Saturday, February 5, 2011

अस्पताल निर्माणका लागि महायज्ञ

(लोकनाथ मरासिनी)
स्याङ्जा, माघ २१ - 
अुधिखोला बिकास तथा वातावरण स्वच्छता समुह गार्डेन ले सेतिदोभान ३ स्याङ्जामा श्रीमदभागवत महापुराण धन धान्यााचल ज्ञान महायज्ञ २०६७ आयोजना गर्ने भएको छ ।
समुहले सेतिदोभान बजारमा अस्पताल निर्माणका लागि महायज्ञको आयोजना गर्न लागेको शुक्रबार स्याङ्जाबजारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
ज्ञान महायज्ञ फागुन १३ गतेदेखि २० गते सम्म संचालन हुने छ । अस्पतालको अभाबमा उपचारको खोजीमा पोखरा पाल्पा र काठमाडौ धाउनु पर्ने बाध्यताको अन्त्य गर्न महायज्ञको आयोजना गरिएको पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष टिकाराम ढकालले बताउनुभयो ।


एक हप्ता सम्म चल्ने महायज्ञमा आयोजकले एक करोड संकलन गर्ने लक्ष्य लिएको छ भने १० लाख खर्च हुने अनुमान गरेको छ । महायज्ञमा भागवत भाष्कर युवा पण्डित श्री कमलनयन गौतमले भागवत बाचन गर्ने आयोजकले जनाएको छ ।

अस्पताल निर्माण पश्चात स्याङ्जको उत्तरी क्षेत्रका सेतिदोभान चिलाउनेबास बिचारी चौतारा बागेफड्के बाङ्सिङ् पुतलीबजार नगर पालिका पर्वतको कार्किनेटा लगायतका गाउँ बिास समितिका तिन लाख ५० हजार जनताले स्वास्थ्य सुबिधा पाउने छन् । साढे पाचँ रोपनी क्षेत्रफलमा निर्माण हुने १५ सैयाको अस्पतालबाट १७ जना स्थनिय बासिन्दाले रोजगारी पाउनेछन् 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home