Wednesday, January 26, 2011

अवैध भारुसहित पक्राउ परेका धरौटीमा रिहा

स्याङ्जा, १२ माघ -
 अवैध भारतीय नोटसहित स्याङ्जा सदरमुकामबाट पक्राउ परेका स्याङ्जा फेदीखोला-९ मट्टीखानका सन्तोष सुनार र सुकबहादुर विकलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन काठमाडाँैले मङ्गलबार धरौटीमा रिहा गरेको छ ।
पक्राउ परेका सुनार र विक भारतीय नोट अपचलन गरेको मुद्दामा एक लाख ६० हजार रुपैया धरौटीमा रिहा भएका हुन् । गत शनिबार बुटवलबाट ग३प ५५५ नम्बरको मोटरसाइकल चढी पोखरातर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पाँच सय दरका १९८ थान भारतीय नोट अर्थात ९९ हजार रुपैयासहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजारस्थित सहिद चोकबाट पक्राउ गरेको हो । 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home