Monday, January 24, 2011

महिला लद्यु उद्यममा स्याङ्जाका महिला सन्तुष्ट

लोकनाथ मरासिनी स्याङ्जा १० माघ
महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ साहारा समुह स्याङ्जाले संचालन गरेको महिला लघु उद्यम कार्यक्रममा स्याङ्जाका महिलाहरु सन्तुष्ट देखिएका छन् । घर दैलो र चुला चौकामा मात्रै सिमिति हुने महिलाहरुले आय आर्जनका लागि विभिन्न तालिमहरु प्राप्त गरेपश्चात त्यसमा सक्रियताका साथ लाग्ने प्रतबद्धता समेत व्यक्त गरेका छन् ।
जिल्लाका २० वटा ग्रामिण गाउँ विकास समितिका ४० जना महिलालाई पछिल्लो पटक प्रदान गरीएको १ हप्ते मुडा बनाउने तालिम, ३ दिने अगरबत्ती, मैनबत्ति, झोलाबुनाइ तथा कुखुरापालन तालिमपछि साहारा समुहले व्यवसाय संचालनका लागि आवश्यक पर्ने सामाग्रि तथा औजारहरु समेत उपल्बध गराएको छ ।
जिल्ला सदरमुकाममा संचालित तालिममा आरुखर्क, भाटखोला, सेतिदोभान, चिलाउनेवास, फापरथुम, पंचमुल, दरौ, खिलुङ्गदेउरालि, दार्सिङ्ग दहथुम, स्वरेक, छाङ्गछाङ्गदी, राङ्गभाङ्ग, विचारी चौतारा, बाङ्गसिङ्ग, बागेफडके लगायतका महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागिलाई सामाग्रि वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी नवराज वरालले महिलाहरुको उत्साह देख्दा खुसि लागेको भन्दै व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । बरालले २० गाविसमा मात्रै कार्यक्रम सिमिति नगरी जिल्लाका अन्य ग्रमिण गाउँसम्म कार्यक्रमलाई पुराउन संस्थालाई आग्रह समेत गर्नुभएको थियो ।
साहारा समुहले विभिन्न चरणहरुमा स्याङ्जाका २० गाउँ विकास समितिमा करीब ६ सय महिलाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home