Wednesday, January 26, 2011

वालिङ महोत्सवमा किसानलाई निशुल्क स्टल

(माधव बराल)
कास्की, १० माघ -
"हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान" भन्ने मूल नाराका स्याङजाको वालिङ खेल मैदानमा यही माघ १४ गतेदेखि हुने तेस्रो वालिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

स्याङजाको समग्र आर्थिक सामाजिक उत्थानका लागि उद्योग व्यापार शिक्षा स्वास्थ्य कृषि पर्यटन र विविध पक्षको प्रवद्र्धन गर्दै जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर् याउने लक्ष्य आयोजित महोत्सवको तयारी ९० प्रतिशत पुरा भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
महोत्सवका संयोजक यमबहादुर गुरुङले दिएको जानकारी अनुसार महोत्सवमा बाल उद्यान औद्योगिक व्यापार मेला सुचना प्रविधि सुन्तला ताजा तरकारी अदुवा तथा जडिबुटि कफि प्रर्दशनी भेषभुष तथा साँस्कृतिक कार्यक्रम विद्यालय स्तरिय नृत्य लोकदोहोरी पर्यटन तथा फोटो प्रर्दशनीको साथै हास्यव्यँग्य प्रस्तुती समावेश गरिएको छ ।
१० दिन सम्म चल्ने मेलामा करिव ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गुरुङको छ । मेला अवधीभर करिव पाँच करोड कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट ५५ लाख आम्दानी हुने तथा ३९ लाख खर्च भई १६ लाख बचत हुने अनुमान गरिएको प्रचार प्रसार संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिनुभयो । खनालका अनुसार महोत्सवमा राखिने दुई सय स्टल मध्ये ८० प्रतिशत बुकिङ भएका छन् ।

कार्यक्रममा संयोजक गुरुङले कृषिलाई प्रर्वद्धन गर्न महोत्सवमा किसानलाई निशुल्क स्टल उपलब्ध गराउने जानरकारी दिनुभयो । उहाँका अनुसार जिल्ला कृषि कार्यालयको सिफारिसका आधकारमा किसानलाई निशुल्क स्टल उपलब्ध गराईने छ । वालिङ उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य संघको आयोजनामा प्रत्येक दुई बर्षमा बालिङ महोत्सव गरिदै आएको छ ।

स्याङ्जाको मुटु मानिने रमणीय वालिङ नगरपालिका क्षेत्रमा ग्रामीण पर्यटन फलफूल तथा ताजा तरकारी कफी गोलभेँडा जडिबुटी घरेलु र कुटिर उद्योगको प्रसस्तै सम्भावनाहरु रहेका छन् । नेपाल पर्यटन वर्ष २०११ को शुभारम्भसँगै आयोजना गरिएको तेस्रो वालिङ महोत्सवले महोत्सवको अवलोकन मात्र नभई यस क्षेत्रमा रहेका ऐतिहासिक एवं धार्मिक र साँस्कृतिक महत्व बोकेका स्थलहरु भ्रमण तथा अवलोकन गर्ने व्यवस्था मिलाईएको गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार गह्रौंकालिका मन्दिर गह्रौंसुर छायाँक्षेत्र मन्दिर छाङ्छाङ्दी काली गण्डकीको जलायसय तथा विश्वकै सबैभन्दा ठूलो शिला रहेको सेतीवेणी र नेपालकै ठूलो कालीगण्डकी ए जलविद्युत परियोजना नमूना पर्यटकीय गाउँ सिरुवारी सिसे्रकोटको घुरुङ्खा मैदानको अवलोकन गर्न सकिने छ । महोत्सवकै अवसरमा पर्यटकीय गाउँमा होम स्टेको व्यवस्था समेत गरिएको गुरुङले जानकारी दिनुभयो ।

महोत्सवको मुख्य प्रयोजक गरिमा विकास बैंक विशिष्ट प्रायोजक ईनभेष्टमेण्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स र मुख्य सहयोगिमा जिल्ला विकास समिति स्याङजा बालिङ नगरपािलका र सानमिगल वियर रहेका छन् भने प्रर्वद्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ । महोत्सवको अफिसियल मिडियामा नेपाल समाचारपत्र सगरमाथा टेलिभिजन र आँधीखोला एफएम र मेरो स्याङजा डटकम रहेका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home