Wednesday, January 26, 2011

क्याम्पसको पूर्वाधार निर्माण गर्न महायज्ञ

स्याङ्जा, १२ माघ -
 स्याङ्जाको दासर्िङ दहथुम विकास गाउँ समिति- ९ लहथुमस्थित दहथुम बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।

दुई वर्षअघि शिक्षाशास्त्र सङ्कायबाट स्नातक तहको सुरुवात गरेको क्याम्पसमा भौतिक पूर्वाधारको विकास व्यवस्थित पुस्तकालय तथा बिबिएस र प्राविधिक शिक्षा साचालनका लागि महायज्ञको आयोजना गर्न लागिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक खेमबहादुर केसीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
 महायज्ञ आगामी फागुन ३ देखि १० गतेसम्म बयरघारीस्थित बालज्योति कम्युनिटी एकेडेमीको प्राङ्गणमा आयोजना गरिने बताइएको छ ।

दहथुम बहुमुखी क्याम्पसबाट जिल्लाका दुई नगरपालिका दार्सिङ दहथुम, छाङ्छाङ्दी, स्वरेक, कालिकाकोट, खिलुङ्देउराली, बानेथोक देउरालीलगायतका गाविसका सर्वसाधारणले उच्च शिक्षा लिइरहेका छन् । महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले मुख्य कथावाचन गर्नुहुने आयोजकले बताएको छ ।

महायज्ञमा करिब एक करोड रकम सङ्कलन गर्ने लक्ष्य लिइएको छ भने सो अवधिमा करिब रु २० लाख खर्च हुने अनुमानसमेत आयोजकले गरेको छ ।

एक हप्तासम्म चल्ने महायज्ञमा भक्तजनलाई आउनजानका लागि गल्याङ्देखि नागडाडाँसम्मको ४० किलोमिटरको दूरी र क्याम्पसबाट लाभान्वित हुने ग्रामीण क्षेत्रमा निःशुल्क बस र जिपहरु संचालन गर्ने आयोजकले जानकारी दिएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home