Tuesday, February 8, 2011

महिला स्वास्थ्य स्वयम सेवकहरुलाई आन्दोलनमा उत्रन सुझाव

(लोकनाथ मरासिनी)
स्याङ्जा, माघ २४ । 
आफ्ना हक हितका लागि महिला स्वास्थ्य स्वयम सेवकहरुलाई आन्दोलनमा उत्रन स्याङ्जाका सरोकारवला पक्षहरुले सुझाव दिएका छन् । स्वयम सेवकहरुले निःशुल्क सेवा प्रदान गर्नुपर्ने बाध्यता नभएको भन्दै राज्यले त्यसतर्फ ध्यन दिनु पर्नेमा सदरमुकाम स्याङ्जामा आज अयोजित महिला स्वास्थ्य स्वयम सेवक संजालको भेलामा बोल्ने बत्ताहरुले जोड दिएका हुन् ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु संघ संस्था तथा सरकारी कार्यलयका प्रतिनिधिहरुले समेत महिला स्वास्थ्य स्वयम सेवकहरुको अवस्था नाजुक भएको तर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै केन्द्रिय स्वास्थ्य क्षेत्र युनियन परिषदका संयोजक कमलप्रसाद गौतमले महिला स्वयम सेवहरुलाई एउटा पदका रुपमा बुझि व्यवहार गर्न आग्रह गर्नुभएको थियो । उहँले देशभर कायम रहेको असमान भक्ता वितरण खारेजी गर्दै वार्षिक न्युनतम १९ हजार भत्ता उपल्बध गराउने तथा उपदानका रुपमा १ लाख रुपैया प्रप्ती गर्ने बातावरण बनाउनुका साथै दुर्घटना विमा समेतको व्यवस्थाका लागि स्वयम सेवकहरु आन्दोलनमा अगाडि बढेको जानकारी दिनुभएको थियो । उहँले स्वयमसेवकहरुको न्युनतम आधारभुत आवश्यकताहरु पुरा गर्नका लागि आफ्नौ गाविस तथा नगरपालिकाले पहल गर्नुपर्नेमा जोड समेत दिनुभएको थियो ।
सोहि कार्यक्रमका विच पुतलिबजार नगरपालिका स्याङ्जाका कार्यकारी अधिकृत हरिराम पाण्डेले नगरक्षेत्र भित्रका सम्पुर्ण स्वयम सेवकहरुलाई वार्षिक रुपमा १÷१ जोर कपडा उपल्बध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा एकीकृत नेकपा माओवदी स्याङ्जाका कार्यलय सचिव सुरज गैह्रे पारस नेपालि कांग्रेस जिल्ला सभापति कमल प्रसाद पंगेनि नेकपा एमाले जिल्ला सचिवलय सदस्य रामबहादुर थापा लगायतले स्वयम सेवकहरुका हक र हितका लागि आ-आफ्नो पार्टि जस्तो सुकै कार्य गर्न तयर रहेको बताउदै संगठित हुदै शान्तिपुर्ण आन्दोलनलाई अगाडि बढाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख डा। तारानाथ पौडेल वरिष्ठ स्वास्थ्य अधिकृत नगेन्द्र चौधरी जिल्ला रेडक्रस सोसाइटि स्याङ्जाका मन्त्री विष्णुप्रसाद काफ्ले लगायतले स्वास्थ्य स्वयम सेवकहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतबद्धता व्यक्त गरेका थिए । स्याङ्जामा २ नगरपालिका र ६० गाउँ विकास समितिमा गरी ६१२ महिला स्वास्थ्य स्वयम सेवकहरु रहेका छन् भने देभरी ७० हजारको हाराहारीमा उनिहरुको संख्या रहेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home