Saturday, February 5, 2011

वालिङ् महोत्सवमा ग्रामीण क्षेत्र बासिन्दाको उल्लेख्य सहभागिता

प्रकाश डोटेल/स्याङ्जा्,२२,माघ
स्याङ्जाको वालिङ्मा संचालन भइरहेको क्षेत्रिय औद्योगीक, कृषिर्, पर्यटन, साँस्कृति, सुचना प्रबिधि एंव व्यापार मेलामा आयोजकले स्थानिय स्तरमा भएका कलासंस्कृतिको प्रतिभालाई जर्गेना गरेका कारण महोत्सवमा ग्रामीण क्षेत्रका स्थानियवासिन्दाको उल्लेख्य सहभागि रहेको थियो ।
स्याङ्जाको व्यापारिक केन्द्र बिन्दु मानिएको वालिङ्मा संचालन गरिएको तेस्रो वालिङ् महोत्सवमा आयोजकले स्थानिय कला संस्कृतिको जर्गेना र लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने माध्याम बनाउने उद्देश्यका साथ जिल्ला स्तरीय हाजिरि जवाफ प्रतियोगिता तथा नृत्य प्रतियागिता, समावेशन गरेको पछि स्थानियवासिन्दाको उल्लेख्य सहभागिता रहेको हो ।
महोत्सवले जिल्ला भरमा रहेका सरकारी तथा नीजि बिद्यालयको नृत्य प्रतियोगिता र जिल्लामा रहेका बिभिन्न जन-जातिको संस्कृति झल्कने झाँकी तथा नाच-गानका साथै बिद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता दैनिक रुपले पर्रदर्शनी गरिएको थियो । बिद्यालयहरुले प्रस्तुत गरेका नृत्यले स्थानिय कला र संस्कृतिको जानकारी दिदा दर्शकहरुको अकर्षाको केन्द्र बिन्दु बन्न सफल भएको थियो । 

जिल्ला भित्र लुकेर रहेका विद्यार्थीको प्रतिभालाई प्रस्फुटन बनाउनेका लागि महोत्सव एउटा माध्याम बनेको महोत्सव अवलोकन गर्न आएको एक सहभागिले बताए । उनका अनुशार, यस किसिमका कार्यक्रम निरन्तर रुपमा भएमा लुकेर रहेका प्रतिभाको खोजीमा सहजता हुने थियो ।
महोत्सवले वालिङ् नगर र यसका आसपासका क्षेत्रका बिद्यालयहरु तथा स्थानिय प्रतिभालाइ जर्गेना र उत्थानका लागी टेवा मिलोस भनेर स्थानिय कला संस्कृतिलाइ बिषेस जोड दिएको आयोजक समितिका अध्यक्ष ले. यामबहादुर गुरङ्ले बताए । उनले भने, खास गरि स्थानिय प्रतिभालाई हामीले उजागर गर्ने प्रयास गरेका छौं ।
महोत्सवलाई सफल बनाउनका लागि सो अवधिमा सुचना र कृषिर्लाई बढी प्राथमिक दिएका थियौं । २१ औं शताब्दीमा सुचना, कृषि र शिक्षा प्रमुख्ता भएका कारणले यसलाई हामीले अगाडी बढाएको हौ । महोत्सव प्रचार-प्रसार उपसमितिका संयोजक अर्जुनप्रसाद खनालले भने, यो नै विकासको आधार हुन सक्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।
महोत्सव अवधिमा जिल्लाका पर्यटकिय ग्रामीण पर्यटकीय गाउँ सिरुबारी, गुरुङ समुदायको बाहुल्य रहेको सिर्सर्ट, मगर समुदायको बाहुल्य रहेको बजाकोटका स्थानिय समुदायले स्थानिय कला संस्कृति झल्कने सास्कृतिक कार्यक्रम प्रस्तुत गरेको दिलिपकुमार बगालेले बताए । उनले भने, महोत्सवमा आउने पाहुनालाई परम्परागत स्वागत गरेका छन् ।
देशका विभिन्न भागमा भईरहेका महोत्सव मध्ये वालिङ् महोत्सव स्थानिय स्तरमा पृथक रहेको छ । यस अवधिमा स्थानिय उत्पादन र कला-सस्कृतिलाई विषेश जोड दिएको पाईयो । यस्ता खाले महोत्सव निरन्तर भएमा देशको दिगो आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गर्न सकिन बताइएको छ ।
विगतमा भएका महोत्सवहरुमा ठुलो व्यापारिक अपेक्षा लिएर महोत्सवमा स्टल बुकिङ् गर्नेहरु अपेक्षकृत सन्तुष्ट थिएनन् । स्टल व्यवस्थापन समितिका संयोजक चेतनारायण श्रेष्ठले भने, तर तेस्रो वालिङ् महोत्सवमा आएका व्यवसायी सन्तुष्ट छन् । उनले अगाडी थपे, अपेक्षाकृत आर्थिक मुनाफा भएको छ ।
वालिङ् उद्योग वाणिज्य संघले हाम्रो गौरव हाम्रो शान वालिङ् महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना गरेको तेस्रो वालिङ् महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले होमस्टे गरि पर्यटकीय गाउँमा महोत्सव अवधिमा जान पाइने व्यवस्था मिलाएको थियो ।
महोत्सवको नवौ दिनसम्म दुइलाख दर्शकले अवलोकन गरेको र ४ करोड ३० लाख बरावरको कारोवार भएको जनाएको छ । महोत्सवको नवौ दिनमा कार्यक्रमलाइ थप रौनकता कार्यक्रम संचालक खेमराज रेग्मीले तताएका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home