Saturday, February 5, 2011

लुटपाट गर्न आएका तीनजना, हतियारसहित प्रहरीद्वारा पक्राउ

स्याङजा, माघ २१ गते
श्रीकृष्णगण्डकी-८ स्थित बट्डाँडा भन्ने स्थानमा शेरबहादुर थापाको घरमा हातहतियारसहित लुटपाट गर्न आएका ३ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा थुमपोखरा-८ कमलडाँडा बस्ने नारायण अर्याल, श्रीकृष्णगण्डकी-८ बस्ने आशाबहादुर लामा र सिउरुम-८ बस्ने साजन मगर रहेका छन् । आज बिहान सवा २ बजे केही व्यक्तिहरु लुटपाट गर्न आएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई स्थानीयवासीको सहयोगमा युएसए लेखेको पेस्तोल १ थान, त्यसको गोली ३ राउण्ड, माछापुच्छ्रे बैंकको खाली चेक २ थान, नारायण अर्यालको साथबाट जनमुक्ति सेनाको परिचयपत्र १ थान र युनिटी लाईफको परिचयपत्र १ थान लगायतका बिभिन्न सरसामानहरुसहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home