Saturday, February 12, 2011

पैयु महोत्सव अबधिभर भाडादरमा छुट

प्रकाश डोटेल स्याङ्जा-२९, माघ
पर्वतको पैयु गाबिस स्थित हातेमालो चोकमा सन्चालनमा आएको पैयु महोत्सवको अबसरमा वालिङ हुवास यातायात ब्याबसायी समितीले महोत्सवको अबधीभर भाडादरमा छुट दिने ब्यबस्था गरेको छ । पर्वत जिल्लाका बिकासउन्मुख गाबिस मध्यको पैयु गाबिस ऐतिहासिक तथा ग्रामिण पर्यटकिय स्थलको रुपमा बिकाश गराउन तथा स्थानिय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरण गर्न महोत्सवको आयोजना गरिएको आयोजकले जनाएका छन । शुक्रबारबाट शुरु भएको महोत्सव फागुन ८ गते सम्म सन्चालनमा रहने छ ।
पर्वतको दक्षिणी भेग तथा स्याङजाको सिमानामा पर्ने गाबिस पैयुमा आयोजना गरिएको पैयु महोत्सवमा स्याङजा, पाल्पा, गुल्मी र पर्वतका दर्शकले मेला अबलोकन गर्ने भएकाले वालिङ स्थित वालिङ हुवास यातायात ब्याबसायी समितीले एक प्रेस बिज्ञप्ती जारी गरि महोत्सव अबधीभर आफ्नो समितीको गाडीमा यात्रा गर्ने यात्रुलाइ २५ प्रतिशत भाडादरमा छुट गरिएको समितीका अध्यक्ष परबिन गुरुङ द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
समितीले महोत्सवमा जाने आउने यात्रुलाई यातायातको थप सुबिधाको लागि थप गाडीको समेत ब्यबस्था गरिएको जनाएको छ । पर्वतको लंखुदेउराली, बैर, रानीपानी, हुवाकी, शाल्रि्राम, उराम, बेउलीवास, तथा छिमेकी गाबिस वाट यातायातको ब्याबस्था गरेको जनाएको छ ।
महोत्सव अबधीभर वालिङ देखि महोत्सव स्थल हातेमालोचोक सम्मको १ सय २० रुपैया भाडादरवाट घटाएर ९० रुपैया भाडा कायम गरेको छ । जसका कारण पैयु महोत्सवमा वालिङ र आसपासका क्षेत्रहरुवाट उल्लेख्य उपस्थिती रहने आयोजकले जनाएका छन ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home