Friday, July 15, 2011

पहिरोले पोल बगाएपछि १० दिनदेखि बिजुली छैन

स्याङ्जा, २४ असार । केही दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले बिजुलीको पोल बगाउँदा स्याङ्जाको जगतभन्ज्याङ गाविस वडा नं १ र २ का बासिन्दा १० दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । जगतभन्ज्याङ वडा नं १ स्थित स्थानीय गणेश प्राथमिक विद्यालयनजिक रहेको पोल पहिरोले बगाएपछि त्यस क्षेत्रका झन्डै डेढसय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका हुन् ।

विद्युत् सेवा अवरुद्ध भएको सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत कुनै चासो नदेखाएको गुनासो सेवाग्राहीले गरेका छन् ।

 विद्युत्को पोलहरु पनि बगाएको र छिट्टै मर्मत गर्दा पनि माथिबाट ठूलो पहिरो जाने सम्भावना रहेकाले मर्मतका काम गर्न अप्ठुरो भएको जगतभन्ज्याङ सामुदायिक विद्युत् उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले एक दुई दिनभित्रमा सो क्षेत्रमा अस्थायीरुपमा भए पनि विद्युत् प्रवाह गरिने बताउनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home