Friday, July 1, 2011

विदेश हिँडेका २७ नेपाली दिल्लीमा अलपत्र

स्याङ्जा, ४ असार । वैदेशिक रोजगारीका लागि हिँडेका २७ नेपाली भारतको नयाँ दिल्लीमा अलपत्रमा परेका छन् । वालिङमा रहेको ब्राइटर मुन ह्युमन रिसोस्र सर्भिसेज प्रालिबाट वैदेशिक रोजगारीका लागि युएई जान भनेर भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेको उनीहरुका आफन्तले बताएका छन् । युएईको दुबई सहरमा अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी लगाइदिने भन्दै स्याङ्जाका २७ जना नेपालीसँग जनही रु एक लाख ५० हजारको दरले रकम सङ्कलन गरी दुबई पठाउनका लागि लगेको म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपैयाँ रकमसहित बेपत्ता भएपछि ११ दिनदेखि उनीहरु दिल्लीमा अलपत्र परेका हुन् ।

अलपत्र परेकामा स्याङ्जा थुमपोखरा-९ का ज्ञानु श्रेष्ठ र टुकबहादुर श्रेष्ठ पुतलीबजार-१३ का दीर्घजङ्ग केसी दहथुम बयरघारीका सुरेश थापा जनक थापा दिलबहादुर थापा विष्णुबहादुर थापालगायत छन् । अन्यको भने अझै नाम खुल्नसकेको छैन । अलपत्र परेका नेपालीले उनका आफन्तलाई कम्पनीको मानिस भागेको खबर गरेपछि कामदारका आफन्त वालिङमा रहेको कार्यालयमा सम्पर्कका लागि आएका छन् । यता वालिङमा रहेको कार्यालय भने एक सातादेखि बन्द अवस्थामा छ । कार्यालय बन्द भएको थाहा पाएपछि अलपत्र परेकाहरुका आफन्त चिन्तित भएका छन् ।
सो प्रालिको प्रधान कार्यालय काठमाडाँै-७ सतुङ्गल रहेको वालिङस्थित कार्यालयको बोर्डमा उल्लेख छ । बाँकेको कोहलपुर र कास्कीको पोखरामा समेत शाखा कार्यालय रहेको उक्त म्यानपावर कम्पनीको शाखा कार्यालय वालिङका साचालकमा कास्कीको देउराली गाविसका ध्रुव पौडेल झापाका विकास बस्नेत बर्दियाका माधव न्यौपाने र पोखराका अर्जुन कार्की रहेका छन् । तिनीहरुमध्यॆ कार्की सम्पर्कमा रहेको पीडितका आफन्तले जनाएका छन् ।
पीडित परिवारले प्रतिव्यक्ति रु एक लाख ५० हजारका दरले रकम बुझाएको जनाएका छन् । उनीहरुले कम्पनीले रकम बुझेको रसिद देखाउँदै साचारकर्मीहरुलाई गुहारेका छन् । प्रशासनले भने नेपाली अलपत्र परेको जानकारी नभएको र कसैले पनि उजुरी नगरेको जनाएको छ । अलपत्र परेका नेपालीलाई तुरुन्त घरमा झिकाउन र ठगी गर्ने म्यानपावर कम्पनीका साचालकलाई खोजी आफ्नो रकम फिर्ता दिलाइदिन कामदारका आफन्तले नेपाल सरकारसँग आग्रह गरेका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home