Thursday, February 17, 2011

स्वार्थले गठित सरकार धेरै दिन टिक्दैन: श्रेष्ठ

स्वार्थको भकारीका विचमा वर्तमान सत्ता गठबन्धनमा पुगेका दलहरु १/२ हप्ताभित्र विभाजनको रेखा कोर्छन

प्रकाश डोटेल स्याङ्जा–५, फागुन
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले वर्तमान सरकार शक्तिको स्वार्थमा गठन भएको जिकिर गरेका छन् । उनले नेकपा एमालेको एउटा झुन्ड र एकीकृत नेकपा माओवादीका केहि नेताको स्वार्थमा बनेको सरकारको आयु त्यत्ति लामो नभएको समेत दावी गरेका छन् ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल भूतपुर्व सैनिक संघ स्याङ्जाको ५ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय सदस्य श्रेष्ठले उक्त कुरा बताएका हुन् । एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई देशको प्रशासन चलाउने स्वार्थ छ, श्रेष्ठले भने, त्यही स्वार्थ पुरा गर्नका लागि त्यी दुई एक ठाउँमा आएका हुन् ।
स्वार्थको भकारीका विचमा वर्तमान सत्ता गठबन्धनमा पुगेका दलहरु १/२ हप्ताभित्र विभाजनको रेखा कोर्छन । काँग्रेसका पुर्व केन्द्रिय उपसभापति समेत रहेका श्रेष्ठले अगाडी थपे, स्वार्थ पुराभएपछि शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पु¥याउन र तोकिएको समयमा संविधान जारी गर्न नसकेपछि प्रतिक्रान्तिकारीले काम गर्न दिएन भन्दै उनीहरु सत्ता छाड्ने छ्न ।
सत्ता प्राप्तीका लागि गरिएको सातबुदेँ समझदारीलाई फाली नभएको हलोको संज्ञा दिर्दै पुर्व मन्त्री समेत गरेका काँग्रेस केन्द्रिय सदस्य श्रेष्ठले, कडा बाँझो खेतमा फाली नभएको हलोले जोत्न नसक्ने स्पष्ट पार्दै प्रश्न गरे आफु विचमै पालना नहुने समझदारीको के अर्थ ?
प्रजातान्त्रिक मुलुकको सबैभन्दा ठुलो दलको नेताको हैहियतमा आफु प्रधानमन्त्री नहुदा खुसी मान्ने नेताको यस्तो खेल राज्य डुबाउने भित्री स्वार्थ हो । नेता श्रेष्ठले, माओवादीका अध्यक्ष प्रचण्ड तर्फ संकेत गर्दै भने, त्यो कुनै चमत्कार नभएर स्वार्थ हो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home