Thursday, February 17, 2011

ईमान्दार करदातालाई सम्मानको वातावरण मिलाउनुपर्छ

प्रकाश डोटेल स्याङ्जा–५, फागुन
देशको आर्थिक मेरुदण्डको रुपमा रहेको राजश्व संकलनलाई व्यवहारिक र प्रभावकारी बनाउन राज्यले इमान्दारीता पुर्वक कर बुझाउने करदातालाई सम्मान गर्ने वातावरण मिलाउन स्थानिय व्यवसायीहरुले आग्रह गरेका छन् । राज्यलाई इमान्दारीता पुर्वक कर बुझाउने र छलछाम गर्नेमा कुनै भिन्नता छैन् । यहाँ भएको कर सम्बन्धी अन्तरक्रियामा बोल्दै व्यवसायी भने, ईमान्दार करदातालाई सम्मान नपाएकाले व्यवसायीहरुमा कर बुझाउनमा अल्छीपन बढ्दो छ । राज्यबाट कुशल कार्यको मुल्याङ्कन भएको छैन् । त्यो अल्छीपनालाई हटाउन सम्मानको वातावरण मिलाउनु पर्छ ।
स्याङ्जाको वालिङ् उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय पोखराको संयुक्त आयोजना गरेको कर सम्वन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरुले यस्तो धारण राखेका हुन् । नेपाल सरकारले करको दायरा फराकिलो र दिगो बनाउनका लागि कर तिर्ने व्यवसायीलाइ सम्मान गर्न सकेमा मात्रै करको दिगोपना हुनेछ । 

राज्यले ल्याएको करको अवधारणलाई उच्च मुल्याङ्कन गर्दै यस कार्यलाई अझै व्यवहारीक र सरलीकरणमा लैजानु आवश्यक रहेको व्यपारीहरुले धारणा राखेका थिए । दुवै कार्यलाई राज्यले मिलाउन सकेमा कर तिर्ने करदातालाइ समेत उत्साह जाग्ने हुनाले करको दायरा समेत बढ्ने दावी व्यवसायीहरुले गरे । उक्त कार्यक्रममा बोल्ने व्यवसायीहरुले भ्याट र पान संम्वन्धि जानकारी समेत नभएकाले यस बिषयमा जनचेतना मुलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
सरकारले २०६७÷०६८ लाई कर कार्यान्वयन अभियान बर्षको रुपमा हरेक व्यवसायीलाई चेतनामुलक तवरले सहजता ल्याउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको पोखराका प्रमुख कर अधिकृत कृष्णबहादुर बस्नेतले बताए । कर कार्यान्वयन अभियान बर्ष २०६७ लाई सफल बनाउन फागुन पहिलो हप्ता सचेतनामुलक कार्यक्रम संलन भएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home