Friday, July 1, 2011

ग्याँस पसलहरुमा छड्के अनुगमन

स्याङ्जा, ४ असार । बजारमा पाइने ग्यास सिलिन्डर तथा ग्यास जडानमा प्रयोग गरिने उपकरणहरु कम गुणस्तरका पाइएको चर्चा चलिरहेका बेला स्याङ्जाको वालिडमा रहेको इलाका प्रशासन कार्यालयले आज वालिडका ग्यास पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा गुणस्तरहीन भेटिएका झन्डै एक दर्जन रेगुलेटर र १०० मिटरभन्दा बढी पाइप बरामद गरेको कार्यालयका प्रमुख केशवराज शर्माले जानकारी दिनुभयो ।बरामद गरिएका सामग्रीहरु प्रहरीको नियन्त्रणमा राखिएको र अहिले थप अध्ययन भइरहेको उहाँले बताउनुभयो । प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवालासहितको टोलीले केही पसलमा राखिएका ढक तराजुसमेत अनुगमन गरी मूल्याङ्कन गरेको छ ।

ढक तराजु नराखेका तथा मापदण्डविपरीत रहेका पसललाई १५ दिनभित्र मापदण्डअनुसारको ढक तराजु राख्न लिखित निर्देशन दिइएको समेत प्रमुख शर्माले बताउनुभयो । पन्ध्र दिनभित्रमा पनि उनीहरुले मापदण्डअनुसारको ढक तराजु नराखेको पाइएमा कडा कारबाही गरिनेसमेत कार्यालयले जनाएको छ ।टोलीले अनुगमन गरेका ११ वटा ग्यास पसलमा रहेका ग्यासको सिलिन्डरहरुमा भने खासै त्रुटि नदेखिएको जनाएको छ ।अनुगमन टोलीमा नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालय पोखराबाट आएका विशेषज्ञ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि पत्रकार र प्रहरीलगायत रहेका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home