Friday, July 1, 2011

स्याङ्जाको पिढीखोलामा दुम्सी आतङ्रकले कृषक चिन्तित

स्याङ्जा १३ असार । स्याङ्जाको पिढीखोला गाउँ विकास समिति वडा नं ३ खर् याना गाउँमा दुम्सी आतङ्क मच्चिएपछि कृषकहरु चिन्तित भएका छन् । स्थानीयवासी खगेश्वर सुनारका अनुसार उक्त गाउँको झण्डै २०÷२५ रोपनी खेत तथा बारीमा लगाएको मकैखेती दुम्सीले सखाप पारेको छ । 
"लगाएको मकै जति दुम्सीले सखाप पार्‍यो"  कृषक सुनारले भन्नुभयो- "सबै खेती जति दुम्सीले सखाप पारिदिएपछि यो वर्ष गाउँमा भोकमरी नै लाग्ने हो कि भन्ने हामी गाउँलेलाई चिन्ता परेको छ ।" सुनारका अनुसार सो गाउँका मानिसहरु विगत १५ दिनदेखि सुत्न पाएका छैनन् । "दुम्सीले गर्दा हामीहरु रातभर सुत्न पाएका छैनौं" अर्का कृषक हिमलाल सुनारले भन्नुभयो - "रातभर गाउँका सर्वसाधारण मिलेर आगोका राँकाहरु बालेर दुम्सी कुर्दै आएका छौ ।" कृषक हिमलालका अनुसार गाउँलेहरु राति सबै मिलेर पालो बाँधी दुम्सी कुरी बसेका छन् ।
खेतबारीमा गएर राति कुर्नुपर्दा बाघको समेत खतरा रहेकाले थप आतङ्कित बन्नुपरेको कृषकहरुको गुनासो छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home