Tuesday, July 13, 2010

स्याङ्जा र गुल्मी जोड्ने बेलीब्रीज पुल जिर्ण

(लोकनाथ मरासिनी)

     असार, स्याङ्जा २९ - स्याङजा जिल्लाको कृष्णगण्डकी मीर्मीदेखि गुल्मीको हर्मीचौर जोड्ने एकमात्र बेलीबि्रज पुल दिनहँजसो जिर्ण बन्दै गैरहेको छ । स्याङ्जा र गुल्मीका सर्वसाधारणहरुलाई सर्वसुलभ हुनेगरि कालीगण्डकी 'ए' परियोजना सँगै निर्माण गरिएको उक्त पुल जिर्ण बन्दै गएपछि स्थानियवासी चिन्तित भएका छन् । पुल निर्माणपछि आवत जावतमा सजिलोका साथै स्याङ्जा र गुल्मीको सम्वन्ध समेत राम्रो बनेको छ ।
स्थानीय स्तरमा उत्पादन गरिएका वस्तुहरुलगायत दैनिक उपभोग्य वस्तु गुल्मीवासीहरुका लागी बजारसम्म लैजान र स्याङ्जा देखी ल्याउन सजिलो भएको छ । परियोजना निर्माणका लागि समाग्री ओसारपसारमा समेत सजिलो भएको स्थानीयवासीहरु बताउछन् । दैनिकजसो यात्रुवाहक र मालवाहक गरि २० देखी ३० वटासम्म सवारी साधनहरु आवतजावत गर्ने सो बेली बि्रज पुल निर्माण कार्य नगरिएको खण्डमा गुल्मी जोड्ने कुनै पनि विकल्पको माध्यम रहेको छैन ।
हर्मीचौरको प्रमुख नाका भनेको त्यही पुल हो । बेली बि्रज पुनः निर्माणका लागी पटक-पटक निवेदन सहित डेलिगेसन लिएर कालिगण्डकी परियोजनाको विद्युत उत्पादन गृह बेल्टारीमा गएको भए पनि कुनै खालको सुनुवाई नभएको आरोप स्थानिय बासिन्दाको छ । परियोजनाले आफ्नो कार्य सम्पन्न भएपछि नेपाल सरकारलाई नै सम्पूर्ण जिम्मेवारी दिँदै उम्कने गरेको स्थानीयवासीले बताउछन् । गुल्मीको हर्मीचौर गाउँ विकास समितिले पुनःनिर्माणका लागि केही मात्रामा भए पनि वजेट विनियोजन गरि सामान्य रुपमा पुनः निर्माण गरेपनि वर्षाको पानीको वेगका कारणले पहिलाको जस्तै बनेको छ ।
पुल अर्को तर्फ नदीले माटो कटान गर्दै गएको छ भने अर्को तर्फ जिर्ण वन्दै गएका कारण तत्काल पुनःनिर्माण नगरिए अहिलेकै वर्षामा भत्कन सक्ने कुरा गुल्मी जिल्ला हर्मीचौर -४ निवासी प्रकाश पाण्डेले बताउनुयो । पुल भत्केको खण्डमा आफूहरुले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तुहरु लिनकै लागी हप्तौ लगाएर पैदल यात्रा गरेर वुटवल जानुपर्ने र १७ औँ शताब्दी वेहोर्नु पर्ने वाध्यता आउने स्थानियको गुनासो रहेको छ । विकासका लागि सरकारले लाखौं करोडौं रुपैया खर्चिरहेको भएपनि सहि ठाउँमा प्रयोग नहुँदा अहिलेको अवस्था श्रृजना भएको स्थानियवासीले बताउछन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home