Tuesday, July 6, 2010

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

(लोकनाथ मरासिनी)
            असार. स्याङ्जा २२ - जिल्ला विकास समिति स्याङ्जाले कार्यालय र मातहतका निकायको नीति कार्यक्रम र योजना तथा कार्यान्वयनका बारेमा आम नागरिकसम्म पुर्‍याएर पारदर्शी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला विकास समितिको आयोजना र सामुदायीक रेडियो स्याङ्जा एफ.एमको सहजीकरणमा स्याङ्जा सदरमुकाम स्थित बालमन्दिरमा हलमा आज जिविस र मातहतका नियकायका नीति कार्यक्रम र योजनाका बारेमा सार्वजनिक सुनुवाई गरि सुझाव संकलन गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले जिल्ला विकास समितिबाट सम्पादन हुने कार्यहरु नेता मुखी भएको आरोप लगाए उनीहरुले राजनीतिक संक्रमणको अवस्थामा भ्रष्टाचार मौलाएको समेत दावी गरेका थिए । सहभागीको दावीलाई चिर्दै स्थानिय विकास अधिकारी दीर्घनारायण पौडेलले ईलाका स्तर पारित भएका र परिषदबाट स्कीकृत भएका योजना मात्रै जिल्ला विकास समितिले संचालन गरेको जिकिर गर्दै जिल्ला विकास समितिमा यदाकदा चर्चामा आए अनुसार भ्रष्टाचार भएको प्रमाण भएमा आफू मातहतका निकायलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुनुवाई कार्यक्रममा राजनीतिक दलका प्रतिनीधि तथा जिल्ला विकास समिति संयन्त्र सदस्यहरुले जिल्ला विकास समितिबाट हुने गरेका कामलाई समान र उत्तरदायी बनाउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी भएको बताउनुभएको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका शोभाखर ढकाल, नेपाली काँग्रेसका शिवकुमार अधिकारी, नेकपा एमालेका पुन्यप्रसाद भुषाल, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रै, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली लगाएतले सहभागीहरुले सम्बन्धीत निकायमा उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।
आधुनिक पारदर्शी समयमा सरकारी निकायबाट सम्पादन हुने काम र त्यसबाट हुने फाईदाका बारेमा आम नागरिक सु-सुचित हुन पाउने अधिकार छ । त्यही अधिकारलाई जिल्ला विकास समितिले केहि हदसम्म भएपनि पुरा गरेको सहभागीहरुले बताएका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home