Wednesday, July 7, 2010

स्याङजाका गाविस सचिवहरुद्वारा राजिनामा

      २३ असार, स्याङजा । सुरक्षाको कारण देखाउँदै स्याङ्जाका ६० गाविसमा कार्यरत ५० जना गाविस सचिवहरुले बुधबार सामुहिक राजिनामा दिएका छन् ।

यथाशिघ्र राजिनामा नदिए भौतिक कारवाहि गर्ने संयुक्त जातिय मुक्ति मोर्चाको धम्की आइरहेको र सरकारले सुरक्षाको प्रत्याभुति दिन नसकेकोले भन्दै गाविस सचिवहरुले सामुहिक राजीनामा दिएका हुन् ।
राजिनामा दिनुअघि सचिवहरुको मागका विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद ओली, स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेल, प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदी लगायतको उपस्थितिमा बसेको बैठक ठोस निष्कर्षमा पुग्न नसकेपछि सचिवहरुले राजिनामा दिएको जनाएका छन् ।
यसअगाडि देशका डेढ दर्जन गाविसका सचिवहरुले पनि मोर्चाको धम्किलाई कारण बनाउँदै सामुहिक राजिनामा दिएका छन् । यद्यपी उनिहरुको राजिनामा स्वीकृत भएको छैन ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home