Wednesday, July 7, 2010

६० वर्ष पुगेका सक्रिय कृषकलाई पेन्सनको व्यवस्था गर्न सरकारसँग माग

प्रकाश डोटेल

स्याङ्जा, २२ असार ।
       आफुहरु बुढेसकालमा कृषि पेशाकै कारण अपहेलित हुन परेको भन्दै यहाँका कृषकले पेन्सन पाउँन पर्ने माग राखेका छन् । कृषि विकास कार्यलयले आयोजना गरेको धान बालिको योजना तर्जुमा कार्यक्रममा उनीहरुले ६० वर्ष पुगेका सक्रिय कृषकलाई सरकारले पेन्सनको व्यवस्था गर्न माग राखेका हुन् ।
सरकारी कर्मचारीले सिमित घण्टा काम गरेवापत तलव र बृद्ध हुँदा पेन्सन पाउँने तर कृषकले दिनरात नभनि खटिदा पनि सरकार, परिवार र समाजबाट अपहेलित हुन परेको दुखेसो सहभागीले कृषकहरुले पोखेका थिए ।
सरकारले बृद्ध, एकल, असाह्य जस्ता नाममा भत्ता दिदै आए पनि आफुहरुलाई कहिल्यै संबोधन नगरेको भाटखोलाका कृषक मिन बहादुर रानाभाटले बताउनुभयो । उहााले आफुहरुले खाद्यान्न नउव्जाई कसैको पेट भरिन्न तर हामी नै अपहेलित रुु जिन्दगीभर विहान उज्यालो भएदेखि रातीसम्म हलो जोतेको कृषकको अपहेलनाको कारण कृषि पेशा फस्टाउन नसकेको रानाभाटले दावि गर्नुभयो ।
जिवनभर कृषिमा काम गर्दा बचत नहुने र भएको केहि रकम छोराछोरी हुर्काउदा सकिने कारण बुढेशकालमा कृषक निराश बन्ने गरेका छन् । बृद्ध अवस्थामा पुगेपछि कृषकहरुमा निराशा पलाएको फापरथुमका कृषक खेम नारायण ढकालले बताउनुभयो ।
जिल्लामा ५० नाघेको पुस्ता मात्र कृषि पेशामा छ । बृद्धले गरेको खेतीमा व्यवहारीक ज्ञानको अभावमा बाली नष्ट देखिएको छ । अनिष्ट पर्दा र ज्ञानको अभावले नष्ट खेतीको विमा, अनुदान दिन नसकेको कारण युवा पुस्ता कृषिमा आर्कषित नहुदा बृद्धहरुमा निराश बढेको कृषि बिकास कार्यालयका बालीसंरक्षण अधिकृत नवराज भण्डारीले बताउनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home