Friday, July 9, 2010

आँधिखोलाले बगाउँदा मृत्यु

लोकनाथ मरासिनी

         (असार २५ स्याङ्जा ) स्याङ्जाको वालिङ् नगरपालिका १ भुम्रेस्थित आधीखोलामा पौडी खेल्ने क्रममा आँधीखोलाले बगाएर एक युवकको मृत्यु भएको छ । वडा प्रहरी कार्यलय वालिङ्ले दिएको जानकारी अनुसार आँधीखोलाले बगाएर मृत्यु हुने स्याङ्जा कालीकाकोट गाँउ विकास समिति वाड नं६ बस्ने वर्ष १६ का रोसन गुरुङ् रहेका छन् ।
बिहीबार साँझ अुधिखोलाको किनारमा पौडी खेल्न गएका गुरुङ्लाई आधीखोलाले बगाएपछि उनका साथीहरुले हारगुहार गरेपछि स्थानीय वासीहरुले करीव ६० मीटर तल अचेत अवस्थामा उनलाई फेला पारेका थिए ।
गुरुङ्को वालिङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार गर्नेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङ्को कालीकाकोट घर भएपनि वालिङ भुम्रेमा बसेर भुम्रे माध्यमिक बिद्यालयमा कक्षा ७ मा अध्ययन गदै आएका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home