Tuesday, July 13, 2010

भानुजयन्तीमा साहित्यकार सम्मानित

(लोकनाथ मरासिनी)

       स्याङ्जा, असार २९ - भानुजयन्तीको अवसर पारेर मंगलबार स्याङ्जा साहित्य प्रतिष्ठानले विभिन्न विधाका साहित्यकारहरुलाई सम्मान गरेको छ । समालोचना विधामा चितवनका पूर्णप्रसाद अधिकारी गायनमा पुरुषोत्तम न्यौपाने तथा छन्द कवितामा लिलाम्बर ढुङ्गानालाई कालिगण्डकी साहित्य कला पुरस्कार अन्तर्गत नगद ५ हजार १ रुपैया र दोसल्ला ओडाई सम्मान गरिएको हो ।
साहित्यकार देविप्रसाद वनबासीद्वारा आमाको नाममा स्थापना गरिएको तिलाकुमारी साहित्य पुरस्कारबाट स्याङ्जाली साहित्यकार गंगा पौडेल र लेखनाथ काफ्लेलाई सम्मान गरिएको हो । तिलाकुमारी साहित्य पुरस्कार प्राप्त गर्नेलाई नगद २ हजार ५ सय र सम्मान पत्र प्रदान गरिएको थियो ।
स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजना तथा लक्ष्मी स्मृति पुस्ताकलय स्याङ्जाको सहआयोजनामा स्याङ्जा सदरमुकाममा संचालित साहित्यकारहरुको रचना वाचन तथा सम्मान कार्यक्रम राष्ट्रिय तथा स्थानियस्तरका विभिन्न साहित्यकारहरुले आ-आफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार माधव वियोगी स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेल जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ स्याङ्जा सहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी उपाध्यक्ष चिन्तु गिरी ऋषी लामिछाने पूर्णप्रसाद लामिछाने देविप्रसाद वनवासी यामबहादुर पौडेल हेम पौडेल विभिन्न राजनीतिक दलका प्रतिनिधि संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले भानुभक्तले नेपाली साहित्य र भाषालाई लगाएको गुनबारे चर्चा गरेका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home