Monday, February 14, 2011

आयोजकलाई स्तब्ध पार्दै होराइजन द्धारा उपाधि कब्जा

(लोकनाथ मरासिनी)
फागुन, २ स्याङ्जा -
 

आयोजक ए लाई पराजित गर्दै प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि होराइजन युथ क्लब भुम्रे वालिङ्ले हात पारेको छ । स्याङ्जाको मालेबगरमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा होराइजन युथ क्लब भुम्रेका खेलाडी बलबहादुर गुरुङ्ले खेलको दोस्रो हाफको २५ औ मिनेटमा गरेको एक मात्र गोलको सहायताले उपाधि माथि कब्जा जमाएको हो ।
प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको समर्थन पाएको आयोजकले अन्तीम समयमा खेललाई आफ्नो नियन्त्रणमा लिन नसक्दा उपाधिबाट बन्चीत भयो । प्रतियोगिताको विजेता बन्दै भुम्रेले नगद २५ हजारका साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सिमिति बनेको आयोजकले नगद १५ हजारका साथमा मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
नेपाल तरुण दल पुतली बजार नगर समिति स्याङ्जाको अयोजनामा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र कास्कीका १२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि अयोजकका विकास गुरुङ् अनुशासित टिम रजस्थल युवा क्लब र सर्वधिक गोलकर्ताका रुपमा पेल्काचौरका खगेन्द्र पुन घोषित भएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home