अर्गानिक कफि उत्पादनको विषयमा छलफल
प्रकाश डोटेल स्याङ्जा-२९, माघ

एक गाँउ एक उत्पादन कार्यक्रम अर्न्तर्गत गत चैत्रबाट पित्लेकमा अर्गानिक कफि खेति सुरु गरिएको थियो । अहिले पित्लेकमा १० हजार कफिका विरुवा रोपिसकिएको छ भने आगामी वर्षा लागि १५ हजार विरुवाको नर्सरी तयार गरिएको छ ।
कृषि मन्त्रालयका उपसचिव डा. हरिबाबु तिवारी, एक गाँउ एक उत्पादन सचिवालयका इन हाउस कन्सल्टेन्ट गणेश शाक्य, जाइका एक्सपोर्टका मासाहिरो कावामुरा, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं ओ.भि.ओ.पिका कार्यक्रम कार्यान्वयन संयोजक ल्याप्टेन यामबहादुर गुरुङ, कार्यसमिति सदस्य गीरमान गुरुङ, खिमानन्द काफ्ले, जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख चेतनाथ अधिकारी, बाली संरक्षण अधिकृत नवराज भण्डारी र स्थानीय कृषकहरुबीच अर्गानिक कफि खेति सम्बन्धी समग्र गतिविधि र भावी कार्यक्रमको विषयमा छलफल भएको थियो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home