Saturday, February 12, 2011

लामागेमा निःशुल्क आँखा शिविर सम्पन्न


(मेरोस्याङ्जा डट कमस्याङ्गजाको लामागेमा निःशुल्क आँखा शिविर सम्पन्न,  स्याङ्गजा ÷२०६७ माघ २४,  लाइन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीको आयोजना र हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राबिधिक सहयोगमा पुतलीबजार न।पा। वडा नं। ९ लामागे स्थित ध्रुर्बोदय बोर्डिङ्ग स्कुलमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भयो ।
eye camp in lamagi
लामागे वरिपरीका गाँउहरु जोगिचौर पात्ला पण्डितथर भण्डारीथर आमडाँडा सतौं कुलबाँध राङ्गदाङ्ग पुतलीवजार बाडखोला प्रगतिनगर रामकोश तथा टिकाजा देखि आएका ४१२ जनालाई आँखापरीक्षण गरी निःशुल्क औषधि वितरण गरीनुका साथै ९७ जनालाई निःशुल्क चश्मा पनि वितरण गरीएको लाइन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीका सह-सचिव लायन रामजी शर्माले जानकारी दिनुभयो । परीक्षण गरिएका मध्ये २५ जनामा मोतियाविन्दुको समस्या देखिएकाले पोखरास्थित हिमालयन आँखा अस्पतालमा भर्ना गरीएको र उक्त विरामीहरुको खाने बस्ने देखि उपचार पश्चात घर पठाउने ब्यवस्था तथा सम्पूर्ण आवश्यक आर्थिक जिम्मेवारी पनि क्लबलेनै लिने कुरा लायन रामजी शर्माले बताउनु भयो ।
क्लबका अध्यक्ष लायन दिवाकर जैशिको सभापतित्वमा सम्पन्न उक्त आँखा शिविरको प्रमुख आतिथ्याता क्षेत्रीय ईन्जिनियरिङ्ग एसोशियसन कास्कीका अध्यक्ष तथा नागरिक उड्ययान प्राधिकरण पोखराका ईन्जिनियर ई। ओम शर्माले गर्नुभएको थियो । समाजसेवीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्येख्य उपस्थिति रहेको उक्त कार्यक्रममा ला। षडानन्द गौतम ला।रामचन्द्र बसौला लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

लोकनाथ मरासिनी, माघ २१ स्याङ्जा । लायन्स कल्ब अफ सेन्ट्रल भ्याली पोखरा र हिमालयन आखाँ अस्पताल घारीपाटन पोखराको प्रविधिक सहयोगमा ध्रुवोदय बोडिङ्ग स्कुल लामागे स्याङ्जामा शुक्रबार निःशुल्क आखाँ शिविर सम्पन्न भएको छ ।
सम्पन्न शिविरमा सदरमुका स्याङ्जा बजार आसपासका २ सय ६१ आखाँका विरामिहरुको आँखा जाँच गरीएको छ । जाँच गरीएका सम्पुर्णलाई निःशुल्क औषधि वितरण गर्नुका साथै ९५ जनालाई चस्मा समेत वितरण गरीएको थियो ।

विरामिहरुमध्य अपरेशन गर्नुपर्ने २५ जना विरामिहरुलाई आजै पोखरा लागिएको र उनिहरुको सम्पुर्ण खर्च लायन्स कल्ब अफ सेन्ट्रल भ्याली पोखाराले बेहोर्ने कल्बका शामजी शर्माले जानकारी दिनुभएको छ । शिविर कल्बका अध्यक्ष दिवाकर जैसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home