Friday, July 15, 2011

कास्की मुस्ताङ

स्याङ्जा, २७ असार । पोखराबाट स्याङ्जातर्फ आउँदै गरेको बसले स्याङ्जाबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइललाई आज दिउँसो फेदीखोला-२ कुखुरेखोलामा ठक्कर दिँंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार ना ३ ख ५८०० नम्बरको बसले ग ४ प ८१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मृत्यु हुनेमा स्याङ्जा जिल्ला फेदीखोला गाविस-९ निवासी १९ वर्षका दिनेश परियार रहेका छन् । घाइते १९ वर्षिय सागर गुरुङको चरक अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै सिद्धार्थ राजमार्गको स्याङ्जा पोखरा खण्ड अवरुद्ध बनाएका छन् ।

राजमार्ग बन्द भएपछि पोखरा-बुटवलमा ओहोरदोहोर गर्ने सवारीसाधन रोकिएका छन् भने सयौं यात्रु बाटोमै अलपत्र परेका छन् । बाटो खुलाउन स्थानीय प्रशासनले पहल गरिरहेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home