Friday, July 15, 2011

बाँदरको हैरानी पछि कृषकहरु कफी खेतीमा

स्याङ्जा, २७ असार । वर्षभरि दुःख गरेर लगाएको खेती भित्रुउने बेलामा बाँदरले लथालिङ्ग पार्दा हैरान भएका पश्चिम स्याङ्जा सिसे्रकोट गाविसका कृषकहरुले परम्परागत खेतीलाई छोडी व्यावसायिकरुपमा कफी खेतीको सुरु गरेका छन् । कफी खेतीमा बाँदरले पनि केही बिगार्न नसक्ने महसुस गरी त्यस गाउँका सर्वसाधारणहरुले मिलेर पाखापखेरामा कफी खेती गर्न सुरु गरेका हुन् ।

स्थानीय कृषकहरुको माग अनुसार बाँदरले पनि केही गर्न नसक्ने र बेला भएपछि प्रसस्त आम्दानी पनि गर्न सकिने भएकाले परम्परागत खेती छाडेर कफी खेतीतर्फ लागेको स्थानीय कृषक श्याम गुरुङले बताउनुभयो । वर्षभरिका लागि भनेर लगाएको खेती भित्रुउने बेलामा बाँदरले हैरानी पार्छ कहिल्यै पूरा बाली भित्रुउन पाइएनु कृषक गुरुङले भन्नुभयो- "हामीहरुले जिल्ला कृषि विकास कार्यालयसँग अनुरोध गरेर अहिले ती सबै पाखापखेराहरुमा व्यावसायिकरुपमा कफी खेती लगाउन सुरु गरेका छौ ।"

यसको लागि जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले सिसे्रकोट गाउँका कृषकलाई १० हजार कफीका विरुवा निःशुल्क उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका वरिष्ठ कृषि अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार त्यस ठाँउका कृषकहरुले अबदेखि व्यावसायिकरुपमा कफी खेती गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home