Friday, July 15, 2011

राम्दी पुलको मर्मत कार्य सुरु

स्याङ्जा, २७ असार । स्याङ्जा र छिमेकी जिल्ला पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको राम्दी पुलको निर्माण भएको ४० वर्षपछि अहिले मर्मत कार्य सुरु गरिएको छ ।स्याङ्जा र पाल्पा जिल्लालाई जोड्नका लागि विसं २०२८ मा निर्माण सम्पन्न भई साचालनमा आएको राम्दीस्थित कालीगण्डकी नदीमा रहेको उक्त पुलको मर्मतको ठेक्का पाएको काठमाडाँैस्थित गौरीपार्वती हिमालयन इन्जिनियरिङ कम्पनीले पुल मर्मतका काम हरु सुरु भएको छ ।
राम्दी पुलको मर्मत कार्यमा अविरल वर्षाले अवरोध पैदा गरेको कम्पनीका साइट इन्चार्ज शिवराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो - "राम्दी पुलमा रहेको खिया र पुलमा देखिएको फलामको ग्यापलाई हटाउनका लागि झण्डै दुई महिना समय लाग्ने अनुमान गरिएको छ ।"

मर्मत सम्भारका कामहरु हुँदा पुलमा एकतर्फीरुपमा मात्रै बाटो साचालन हुने पौडेलले जानकारी दिनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home