Friday, July 15, 2011

अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर प्रदान

स्याङ्जा, २६ असार । स्याङ्जाको वालिङ तथा आसपासका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरिएको छ । रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक सहयोग तथा समुदायमा आधारित पुनःस्थापना केन्द्र सिबिआरएसको आयोजनामा जिल्लाको वालिङ नगरपालिका जगतभाज्याङ स्वरेक क्याक्मी चिन्नेवास तीनदोबाटे तुलसीभाज्याङ र जगत्रदेवी गाविसका ११ जना शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चेयर वितरण गरिएको हो ।

ह्वील चेयर वितरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष विष्णुहरि तिमिल्सिनाले अपाङ्गहरुले पनि सहारा पाए केही गर्न सक्छन् भन्ने सोचाइले ह्वील चेयर वितरण गरिएको बताउनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home