Friday, July 15, 2011

युवाहरुलाई ९ लाख हस्तान्तरण

स्याङ्जा, २४ असार । जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०६७÷०६८ को युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको रकम छनोट भएका ५१ जना उद्यमीलाई प्रदान गरेको छ । जिल्लाका ठुलाडिही चण्डिभन्ज्याङ रापाकोट आरुचौर चिलाउनेबास रत्नपुर पिढीँखोला सिसे्रकोट दरौ क्याक्मी चित्रेभन्ज्याङ साँखर सेखामलगायतका २४ गाउँ विकास समितिका उद्यमी युवायुवतीलाई अनुदान रकम हस्तान्तरण गरेको जिल्ला पशुसेवा कार्यालय स्याङ्जाका प्रमुख डा कल्याणकुमार श्रेष्ठले बताउनुभयो ।

 रोजगारीका लागि युवायुवती विदेश पलायन भइरहेको अवस्थामा युवा बेरोजगार अन्त्य गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा कार्यक्रम साचालन गरिएको हो । सोअन्तर्गत भैँसीपालनतर्फ १२ जनालाई रु २४ हजार बाख्रापालनतर्फ २३ जनालाई प्रतिव्यक्ति रु १७ हजार कुखुरापालनतर्फ आठ जनालाई जनही रु १५ हजार बङ्गुरपालनतर्फ छ जनालाई रु १५ हजार एग्रोभेट साचालनतर्फ चार जनालाई रु ११ हजार र राँगोपालनतर्फ एक जनालाई रु १६ हजारका दरले रु नौ लाख वितरण गरिएको हो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home