Friday, July 15, 2011

वालिङमा एम्बुलेन्स सेवा सुरु

स्याङ्जा, २८ असार । स्याङ्जाको वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वित्तीय सेवासँगै एम्बुलेन्स सेवा पनि संचालनमा ल्याएको छ । सो संस्थाले बैङ्किङ सेवासँगै स्वास्थ्य सेवा पनि अपरिहार्य भएकोले एम्बुलेन्स सेवा पनि संचालनमा ल्याएको जानकारी संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले दिनुभयो ।
सो संस्थाले आफ्ना सेयर सदस्यका लागि वालिङदेखि पोखरासम्म विरामी लगेको रु एकहजार ५०० दररेट कायम गरेको छ । स्थाका कार्यकारी साचालक यज्ञ पाठकका अनुसार गैर सेयर सदस्यका लागि भने रु एक हजार ७०० तोकेको छ । यसअघि वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्स सेवा साचालनमा ल्याइसकेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home