Friday, July 15, 2011

हँसिया प्रहारबाट वृद्धाको हत्या

स्याङ्जा, २७ असार । स्याङ्जाको वालिङ नगरपालिका-६ का ७० वर्षीया टीकाकुमारी मस्स्राङ्गी मगरको हँसिया प्रहारबाट गएराति हत्या भएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक तपनकुमार दाहालका अनुसार वालिङ नगरपालिका-८ बस्ने वर्ष ५० का दुर्गाबहादुर थापाले मस्स्राङ्गीलाई सामान्य आपसी विवादका कारण हँसिया प्रहार गरेर हत्या गरेका हुन् ।
थापाको हँसिया प्रहारबाट दाहिने हातमा चोट लागेपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक दाहालले जानकारी दिनुभयो । हत्याका अभियुक्त थापा हाल प्रहरी नियन्त्रणमा रहेका छन् । भने वृद्धाको शवलाई पोष्टमार्टमका लागि वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home