Wednesday, August 17, 2011

काँग्रेस समर्थक बुद्धिजिवीको भेला


(दीलिपा श्री अधिकारी)
स्याङ्जा-३२ साउन ।
नेपाली काँग्रेस स्याङ्जाले पार्टी समर्थक बुद्धिजिवीहरुको भेला राखि काँग्रेसले विगतमा गरेका कार्य र भावि दिनमा लिने नीति तथा आम नागरिकको लोकपि्रय पार्टी बनाउन के गर्नपर्छ भन्ने सबालमा एक अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले विगतमा नेपाली काँग्रेसले गरेका कार्यहरुलाई जनतासम्म प्रचार-प्रसार गर्न नसक्दा पीडा अहिले सहन बाध्य भएको दावी गर्दै काँग्रेसले काम गरेपनि आम नागरिकसँगको सम्वन्धलाई प्रगाढ बनाउन नसकेको स्वीकार गरे ।

 लामो राजनीतिक ईतिहास भएको दलका हामीसँग राम्रा नीति थिए नेता खतिवडाले भने त्यसलाई कार्यान्वयन गर्ने सबालमा नेताहरु चुकेको बताउँदै त्यसबाट पाठ सिकेर अगाडी बढनुको विकल्प नभएको बताए ।
कार्यक्रममा पूर्व सभापति खगेन्द्रराज रेग्मी शिवकुमार अधिकारी विश्वप्रेम अधिकारी तुलसी गिरि जीवलाल काफ्ले नारायणप्रसाद ज्ञवाली यामप्रसाद पाण्डे जितमान श्रेष्ठ बासुदेव खनाल लक्ष्मीप्रसाद रेग्मी चन्द्रबहादुर के।सी। भुवनेश्वर लामिछाने ध्रुव शर्मा पंगेनी लगाएतका वक्ताहरुले लोकतान्त्रिक संविधान र भावि काँग्रेसका बारेमा बोलेका थिए ।
सहभागि बुद्धिजिवीहरुलाई पाँच समूहमा विभाजन गरि देशमा चालु शान्ति प्रकि्रया पुरा गरी लोकतान्त्रिक संविधान निर्माण गर्न नेपाली काँग्रेसले चाल्नुपर्ने थप कदमहरु के के हुन सक्छन् लोकतान्त्रिक समाजवादको नीति नेपाली काँग्रेसको घोषित लक्ष्य रहेको सन्दर्भमा नेपाली काँग्रेसले के कस्ता कार्यक्रम ल्याउँदा जनताको पीडा कम होला त्यसैगरि नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाहरुको प्रभावकारी परिचालन गर्न के गर्नुपर्छ नेपाली काँग्रेसलाई पुनः देशको शक्तिशाली पार्टी बनाउन लिनुपर्ने रणनीति के हुन सक्छ संविधान सभाको म्याद थपिरहँदा समेत लोकतान्त्रिक संविधान निर्माण हुन नसकेको परिस्थितिमा नेपाली काँग्रेसले कस्तो रणनीति अपनाउदा राम्रो हुन्छ भन्ने विषयमा छलफल भएको थियो ।
छलफलबाट आएको निचोडलाई भेलामा प्रस्तुत गरिएको थियो । प्रस्तुत निचोडलाई नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा पठाउने बताइएको छ । सहभागिहरुले नेपाली काँग्रेसमा युवा पुस्ता पछाडी परेको समेत गुनासो गरे ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति मुक्ति सुवेदीले गरेका थिए भने संचालन सचिव लक्ष्मण भट्टराईले गरेका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home