Wednesday, August 17, 2011

फ्रान्सेली सेनामा भर्ति भई अफ्गानिस्तानमा मूत्यु भएको स्याङ्जाका किसान बहादुरको शव परिवारले बुझे


(दीलिपा श्री अधिकारी)
स्याङ्जा-३२ साउन ।
तीन वर्ष अगाडी धन कमाउन बाबु आमा छोरा र श्रीमतीलाई घरमा छाडेर फ्रान्स गएका पकवादी गाबिस-२ खुर्तुङका किसान बहादुर थापा घर आउने बाटो कुरेर बसेकी श्रीमतीलाई गत हप्ता एकाएक श्रीमानको मृत्यूको खवर पाएपछि बेहोस अबस्थामा छन ।

सन २००८ मा फ्रान्सेली सेनामा भर्ती भएका किसान गत शनिवार अफगानिस्तानमा तालिवानी बिद्रोहीको आक्रमणमा परि मृत्यु भएको थियो । मृत्यूको खवरले लगत्तै बेहोस भएकी श्रीमती रेनु थापालाई श्रीमानको शव बुझ्न प्रुान्स लगिएको थियो । शव बुझेर नेपाल ल्याउदासम्म बेहोस अवस्थामा रहेकी छन् ।
बुढा बाबु आमा र छ वर्षको छोरा अमेस पनि उदास बनेका छन । तीन वर्षको नवालक छोरा छाडेर धन कमाउन गएका किसानको छोराले बाबुको मुहार राम्रोसंग सम्झन समेत सकेको छैन । श्रीमानको कमाईवाट छोरालाई राम्रो शिक्षा दिन पोखरामा बस्दै आएकी रेनुले आफ्नो छ बर्षिय छोरा अमेसलाई पोखरा स्थित श्रृजना सेकेण्डरी स्कुलमा पढाएकी थिईन । धन कमाउन गएको छोराको शब एकाएक हेलीकोप्टरबाट आएपछि सिङ्गो खर्तुङ गाउँ नै शोकमग्न बनेको छ ।

श्रीमती र आफन्त सहितले प्रुान्समा किसानको शवलाई बुझेर हेलिकोप्टर मार्फत स्याङजा र पाल्पाको संगमस्थल घुगिघाटमा ल्याएर बिधिपुर्वक अन्त्यष्टि गरिएको छ । किसानलाई फ्रान्स सरकारले राष्ट्रिय सम्मान दिएको आफन्तले बताएका छन । मृत्यूको कारणबाट पिडित परिवारलाई प्रुान्स सरकारले उचित क्षतिपुर्ति दिने आश्वासन समेत दिएको मृतकका मामा बिष्णु थापाले बताईन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home