Wednesday, August 17, 2011

प्राथामिकताका आधारमा योजना छनोट गर्न आग्रह


(दीलिपा श्री अधिकारी)
स्याङ्जा-३२ साउन ।
नगर क्षेत्रमा संचालन हुने योजना छनोट गर्दा प्राथामिकताका आधारमा गर्नु पर्नेमा जोड दिइएको छ । योजनाहरु निर्माण गर्दा प्राथमिकताका आधारमा तथा सहि मूल्याङ्कनका आधारमा छनौट गर्न सकेमा मात्रै नगरका सवै वडाहरुमा समान विकास हुने वक्ताहरुको भनाई छ ।

वालिङ नगरपालिकाले आर्थिक वर्ष २०६७÷०६८ मा संचालित कार्यक्रमहरुको वार्षिक समीक्षा मा बोल्ने बक्ताहरुले योजना छनोट गर्दा स्थलगत निरिक्षण गरेर मात्रै गर्न सकेमा नगरवासीको हित हुने बताएका थिए । उनीहरुले नगरभित्र सवै नगरवासीलाई समेटेरमा विकास प्रति नगरवासीमा उत्साह थपिने बताए ।

नगरपालिकाको विकासका लागि सवै नगरवासी एकजुट हुनुपर्ने बताउँदै वालिङ नगरपालिकाका कार्यकारी अधिकृत प्रदिप पौडेलले नगर भित्र रहेका सरकारी गैरसरकारी संघसंस्थाहरुले भत्ता पचाउने र कमाई खाने माध्याम नबनाएमा नगरको विकास हुन धेरै समय नलाग्ने बताए ।


नगरपालिकाका ११ वटै वडाका प्रतिनिधिले प्रगति विवरण पेश गरेका थिए । उनीहरुले योजनाको प्रकृतिका आधारमा मूल्याङक्न गर्न माग गरेका थिए । वडालाई छुट्याईएको रकम न्यून भएको हुँदा कतिपय योजनाहरु अधुरै रहने गरेको गुनासो गरे । आगामी आर्थिक वर्षमा रकममा बृद्धि गर्नुपर्नेमा माग थियो ।

आर्थिक वर्ष ०६७ /०६८ को नगरपालिकाको आर्थिक प्रतिवेदन अनुसार कूल आय पाँच करोड ३० लाख १९ हजार छ सय ७० रहेको छ । आर्थिक बर्ष ०६६/०६७ मा चार करोड ८४ लाख १७ हजार दुई सय ७१ खर्च भएको जानकारी दिए । कूल पूँजीगत खर्चतर्फ आर्थिक वर्ष ०६७/०६८ मा चार करोड ९१ लाख ६० हजार चार सय ५२ रहेको थियो भने ०६६/०६७ कूल पूँजीगत खर्चतर्फ तीन करोड ६२ लाख १८ हजार सात सय ३५ भएको थियो ।

चालु खर्चतर्फ आर्थिक वर्ष ०६७/०६८ मा ९४ लाख ४३ हजार चार सय २७ रहेको बताईएको छ भने ०६६/०६७ को कूल चालु खर्च तर्फ ७४ लाख ९६ हजार पाँच सय ८३ रहेको छ । नगरपालिकामा कूल आयको ९७ प्रतिशत बाह्य श्रोत र तीन प्रतिशत आन्तरिक आय श्रोत भएको वालिङ नगरपालिकाले जनाएको छ ।

नगर भित्रका योजनाका बारेमा जानकारी योजना शाखाका मणिप्रसाद तिवारीले आर्थिक बर्ष ०६७/०६८ का लागी एक सय ६६ योजना छनोट गरिएकोमा एक सय ६४ योजना सम्पन्न भएको जानकारी दिए । छनोट भएका मध्ये दुइ योजना मध्ये पाँच लाख आड हजार ८० रकम पि्रुज भएको तिवारी जानकारी दिए । पि्रुज भएका दुइ योजनामा स्थानिय स्वायत्त शासन तथा सामुदायीक विकास केन्द्र मार्फत सार्वजनिक शौचालय तर्फ छुट्टिएको तीन लाख ६८ हजार ८० र कृर्षि सडक तर्फ एक लाख ४० हजार विनियोजन गरिएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home