Thursday, July 17, 2008

स्याङ्जामा रेडक्रस भवन निर्माण सुरु

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको पुतलीबजार नगर पालिका १ स्थित राम मन्दिर डाडाको तल्लो भाग (पुरानो हेलिप्याड)मा करिब छ आना जग्गामा नयाँ भवन निर्माण कार्य बुधवार सिलन्यास भएको छ नव निर्माण हुने भवनको जिल्ला न्यायाधिस महेन्द्र बहादुर कार्की ले एक समारोहका बिच सिलन्यास गर्नु भएको हो आर्थिक बर्ष २०६५/६६ को चैत्र मसान्त सम्ममा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ भवन निर्माण को अनुमानित लागत ६१ लाख ३२ हजार २ सय ८८ रहेको छ