Monday, April 19, 2010

गल्याङ सामुदायिक अस्पतालको उद्घाटनको तयारि

स्याङ्जा -५ बैशाख ,

                  स्याङ्जा जिल्लाको तेस्रो ब्यापारिक केन्द्रबिन्दु मानिने गल्याङ बजारमा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र द्वारा संचालित गल्याङ सामुदायिक अस्पतालको उद्घाटनको अन्तिम तयारि भैरहेको छ |
अस्पताल बैशाख ६ गते स्वास्थ्य मन्त्रि उमाकांत चौधरीले गर्ने कार्यक्रम रहेको छ अस्पताल २०६५ माघ २२ गते देखि संचालन मा आएको थियो |

ज्याग्दी र सेती खोलामा मोटरेबल पुल बन्ने

स्याङ्जा -५ बैशाख ,
स्याङ्गजा को मल्यांगकोट गाबिस - १ ज्याग्दी खोला र भाटखोला गाबिस -७ सेती खोलामा  मोटरेबल पुल  बन्ने भएका छन् करिब दुइ करोड पैसठी लाख को लागत मा पुल बन्ने भएका हुन्
दुवै पुलको शुक्रबार एक कार्यक्रम बीच स्थानीय बिकाश राज्यमन्त्रि गणेशबहादुर खड्काले शिलान्यास गर्नु भयो
भित्र पस्नुहोस

देशमा विकासका लागि लोकतान्त्रिक संविधान आवश्यक

April 19, 2010

गल्याङ, ५ वैशाख।सभासद् महोनप्रसाद पाण्डेले देशमा विकास गर्नको लागि लोकतान्त्रिक संविधान आवश्यक रहेको बताउनुभएको छ।
स्याङ्जाको निवुवाखर्क-८ स्थित कोपिला प्राविको २७ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्दै सभासद् पाण्डेले सबै वर्ग, जातजाति, समुदाय, लिङ्गका आधारमा सबैलाई समेटेर लोकतान्त्रिक संविधान बनाउन सकेको खण्डमा देशको समग्र विकासको बाटो खुल्ने बताउनुभयो।
भित्र पस्नुहोस