Thursday, June 3, 2010

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

             स्याङ्जा । कास्कीको पुम्दीभुम्दी गाविस वडा नं. ३ स्थित बुढीखोरियामा सोमबार भएको सवारी दुर्घटनामा श्रीमतीको मृत्युको हुनाको साथै श्रीमान घाइते हुनु भएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार कास्की आर्वाविजय गाविस-७ की ३० वषीर्या कल्पना बरालको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटना उहाँका श्रीमान बुद्ध्रि्रसाद बराल घाइते हुनु भएको छ। घाइते बरालको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भै रहेको छ।
स्याङ्जाबाट पोखरातर्फआउँदै गरेको ना.३ ख ९६४७ नम्वरको बस र बुद्ध्रि्रसाद बरालले चलाउनु भएको ग.४ प ३६९६ नम्वरको मोटरसाइलक ठोक्किदाँ दुर्घटना भएको थियो। आफन्तलाई भेटेर बराल दम्पत्ती पुम्दीभुम्दीबाट पोखरा र्फकदै हुनुहुन्थ्यो। दुर्घटनापछि चालकले बसलाई सिंधै जिल्ला प्रहरी कार्यालय कास्की पुर्žयाएका थिए। घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ।
स्याङ्जाको वालिङमा सुरु भएको दोस्रो राष्ट्रपति कप खेलकुद प्रतियोगितामा भाग लिन आएका विद्यार्थी मार्चपास गरेको अवलोकन गर्दै क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका निर्देशक लक्ष्मीराम पौडेल ।


फोटो: बसन्ती बाँस्तोला

बेवारिसे शव फेला

            वालिङ, १९ जेठ।स्याङ्जाको सेखाम गाविस ३ र रत्नपुर-८ को सीमानास्थित ज्याग्दीखोलामा बेवारिसे शव फेला परेको छ।वडा प्रहरी कार्यालयका अनुसार अन्दाजी ६०/६५ वर्षा पुरुषको शव ज्याग्दीखोलामा तैरिएको अवस्थामा मङ्गलबार साँझ फेला परेको थियो। पुरुषलाई कसैले मारेर फालेको वा आफै आत्महत्या गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। शवको अहिलेसम्म सनाखत हुन सकेको छैन।