Friday, July 1, 2011

आँधीखोलाले बगाएपछि बालक बेपत्ता

स्याङ्जा, १७ असार । स्याङ्जाको दासर्िङ दहथुम गाविसबाट घरतर्फ जाँदै गरेका बालकलाई आँधीखोलाले हिजो बगाएपछि बेपत्ता भएका छन् । ढापुक सिमलभन्ज्याङ- ५ का रुकुमबहादुर खत्रीका अन्दाजी ११ वर्षीय नाम नखुलेका बालकलाई आँधीखोलाले बगाएका हुन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक तपनकुमार दाहालले दिनुभएको जानकारीअनुसार बेपत्ता भएका बालकका बुवाआमा नभएकाले बालक बेवारिसे अवस्थामा हिँडिरहने गरेका थिए । उनको खोजी भइरहेको निरीक्षक दाहालले बताउनुभयो । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आँधीखोला धमिलो भएकोले खोजीकार्यमा अप्ठुरो परेको प्रहरीले जनाएको छ ।

स्याङ्जाको पिढीखोलामा दुम्सी आतङ्रकले कृषक चिन्तित

स्याङ्जा १३ असार । स्याङ्जाको पिढीखोला गाउँ विकास समिति वडा नं ३ खर् याना गाउँमा दुम्सी आतङ्क मच्चिएपछि कृषकहरु चिन्तित भएका छन् । स्थानीयवासी खगेश्वर सुनारका अनुसार उक्त गाउँको झण्डै २०÷२५ रोपनी खेत तथा बारीमा लगाएको मकैखेती दुम्सीले सखाप पारेको छ । 
"लगाएको मकै जति दुम्सीले सखाप पार्‍यो"  कृषक सुनारले भन्नुभयो- "सबै खेती जति दुम्सीले सखाप पारिदिएपछि यो वर्ष गाउँमा भोकमरी नै लाग्ने हो कि भन्ने हामी गाउँलेलाई चिन्ता परेको छ ।" सुनारका अनुसार सो गाउँका मानिसहरु विगत १५ दिनदेखि सुत्न पाएका छैनन् । "दुम्सीले गर्दा हामीहरु रातभर सुत्न पाएका छैनौं" अर्का कृषक हिमलाल सुनारले भन्नुभयो - "रातभर गाउँका सर्वसाधारण मिलेर आगोका राँकाहरु बालेर दुम्सी कुर्दै आएका छौ ।" कृषक हिमलालका अनुसार गाउँलेहरु राति सबै मिलेर पालो बाँधी दुम्सी कुरी बसेका छन् ।
खेतबारीमा गएर राति कुर्नुपर्दा बाघको समेत खतरा रहेकाले थप आतङ्कित बन्नुपरेको कृषकहरुको गुनासो छ ।

पर्यटकीय गाउँ जाने सबैभन्दा छोटो मोटरबाटो निर्माण

स्याङ्जा, ९ असार । नेपालको पहिलो नमुना ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको पाचमूल गाविस-५ स्थित सिरुबारी पुग्न जिल्ला सदरमुकामबाट सबैभन्दा छोटो दूरी मानिएको सडकको निर्माण कार्य सम्पन्न भएको छ । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सम्झनामा निर्माण गरिएको जिपी कोइराला स्मृति सडक पर्यटकीय गाउँ सिरुबारीसम्म जोडिएको छ । नेपाल पर्यटन बोर्डको रु ३३ लाख आर्थिक सहयोगमा उक्त सडकको निर्माण गरिएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ । पुतलीबजार नगरपालिका-१२ सुम्रेखोलादेखि लाम्पाटा पुलको मुखसम्मको झन्डै डेढ किलोमिटर सडकमा भण्डार-थोडुङ्ग निर्माण कम्पनीले नाला ह्यूमपाइप ग्राभेल बिछ्याएर निर्माण कार्य सम्पन्न गरेको छ ।
भित्र पस्नुहोस

ग्याँस पसलहरुमा छड्के अनुगमन

स्याङ्जा, ४ असार । बजारमा पाइने ग्यास सिलिन्डर तथा ग्यास जडानमा प्रयोग गरिने उपकरणहरु कम गुणस्तरका पाइएको चर्चा चलिरहेका बेला स्याङ्जाको वालिडमा रहेको इलाका प्रशासन कार्यालयले आज वालिडका ग्यास पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा गुणस्तरहीन भेटिएका झन्डै एक दर्जन रेगुलेटर र १०० मिटरभन्दा बढी पाइप बरामद गरेको कार्यालयका प्रमुख केशवराज शर्माले जानकारी दिनुभयो ।बरामद गरिएका सामग्रीहरु प्रहरीको नियन्त्रणमा राखिएको र अहिले थप अध्ययन भइरहेको उहाँले बताउनुभयो । प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवालासहितको टोलीले केही पसलमा राखिएका ढक तराजुसमेत अनुगमन गरी मूल्याङ्कन गरेको छ ।
भित्र पस्नुहोस

विदेश हिँडेका २७ नेपाली दिल्लीमा अलपत्र

स्याङ्जा, ४ असार । वैदेशिक रोजगारीका लागि हिँडेका २७ नेपाली भारतको नयाँ दिल्लीमा अलपत्रमा परेका छन् । वालिङमा रहेको ब्राइटर मुन ह्युमन रिसोस्र सर्भिसेज प्रालिबाट वैदेशिक रोजगारीका लागि युएई जान भनेर भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेको उनीहरुका आफन्तले बताएका छन् । युएईको दुबई सहरमा अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी लगाइदिने भन्दै स्याङ्जाका २७ जना नेपालीसँग जनही रु एक लाख ५० हजारको दरले रकम सङ्कलन गरी दुबई पठाउनका लागि लगेको म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपैयाँ रकमसहित बेपत्ता भएपछि ११ दिनदेखि उनीहरु दिल्लीमा अलपत्र परेका हुन् ।
भित्र पस्नुहोस

स्याङ्जामा सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण सुरु

स्याङ्जा, ४ असार । वालिङ नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउनेहरुले बैंकबाट रकम बुझ्न थालेका छन् । यसअघि नगरपालिकाबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता वालिङस्थित नेपाल बैंक लिमिटेडबाट वितरण गर्न सुरु गरिएको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी जीवन ओलीले वालिङ नगरपालिका-३ का ९४ वर्षीय गुरुप्रसाद तिवारीलाई रु दुई हजार नगद हस्तान्तरण गरेर बैंकिङ सेवाको सुरुवात गर्नुभएको हो ।

कार्यक्रममा स्याङ्जाका स्थानीय विकास अधिकारी रामजी बरालले बैंकिङ सेवा सुरु गरिएपछि सामाजिक सुरक्षा भत्ता वितरण कार्य विश्वसनीय र प्रभावकारी हुने बताउनुभयो । चालु आर्थिक वर्षको तेस्रो किस्तावापतको सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्न थालिएको वालिङ नगरपालिकाका कार्यकारी अधिकृत प्रदीप पौडेलले बताउनुभयो । यसअघिका किस्ताहरु भने नगरपालिकाले कार्यालयबाटै वितरण गरेको थियो ।
भित्र पस्नुहोस