Monday, October 11, 2010

स्याङ्जामा लाखौको चोरी

<>
 
(लोकनाथ मरासिनी) स्याङ्जा, असोज २५ चाडपर्वको समयमा चोरि डकैतिका घटनाहरु बढिरहेकै बेला सोमबार विहान स्याङ्जा सदरमुकामबाट लाखौ मुल्य बराबरको चोरी भएको छ ।
पुतलिबजार नगरपालिका वडा नं. १ स्थित स्थानिय गिता पोखरेलको घरबाट करिब ६ तोला सुन ५४ हजार नगद र एउटा डिजिटल क्यामेरा चोरी भएको हो । विहान साडे ९ बजेको समयमा छोरीलाई स्कुल पुर्‍याउन गएको मैका छोपि चोरी भएको पिडित पोखरेलले बताउनुभयो ।
ढोकामा ताल्चा नलगाई राखिएको हुनाले चोरले सहज रुपमा चोरी गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । २ लाख भन्दा बढिको सुन तथा नगद चोरी भएको भएपनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन् ।
जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको भनिएको समयमा विहान साढे ९ बजेको समयमा सदरमुकाम स्याङ्जा बजारमै चोरी भएको हो ।