Saturday, May 1, 2010

हड्तालले स्याङ्जा बजार सुनसान

     स्याङ्जा- १९ बैशाख
          एकिक्रित नेकपा माओवादी ले गरेको आमहड्तालले स्याङ्जा बजार पनि पूर्ण रुपले प्रभाबित् भएको छ बिहान देखि नै सवारी साधन ठप्प छ बजार पनि बन्द छ सरकारी कार्यलय र बैंक हरु खुलेपनी चहलपहल छैन स्याङ्जाबासी हरु टेलिभिजन मा समाचार हेर्दै नेपाल को अवस्था मै केन्द्रित भएका छन् कहीले सम्म बन्द हुनेहो भन्ने बिषय आम समुदायको चिन्ता बनेको छ |

प्रदर्शनको लागि पोखरा, काठमाडौ गएपछि स्याङजा सुनसान

                   स्याङ्जा, वैशाख १८ - मे दिवस मनाउन र निर्णायक आन्दोलनको लागि भन्दै माओवादी कार्यकर्ता र सर्वसाधरण काठमाडौ तथा पोखरा गएपछि जिल्ला सुनसान भएको छ । सदरमुकाम र गाविसमा समेत चहल पहल कम देखिएको छ । निर्णायक आन्दोलनको लागि भन्दै माओवादीले १३ वटा बस काठमाडौ र ८७ बस रिर्जभ गरी पोखरा पठाएका छन् । गाँउबाट केहि जिप पनि गएको माओवादी जिल्ला ईन्चार्ज रमेश सिग्देलले बताए ।
धेरै मानिस बाहिरिएपछि मे दिवस मनाउन जिल्लामा थोरै मजदुर जुटेका थिए । उनीहरुले सदरमुकाम पुतलीबजारमा नारा जुलुस सहित परिक्रमा गरेर चोकमा कोण सभा गरेका थिए । कोणसभालाई सभासद गोमा पाठक र जिल्ला इन्चार्ज सिग्देलले संबोधन गरेका थिए । सर्वसाधरण भने टिभि हेर्न र बन्दको लागि सामान जुटाउनमा व्यस्त छन् ।

फगत समय !!!!

लेखक: " दूर्जय चेतना"
       समय मानिसको त्यो लक्ष रहेछ जो आफैमा अनेकौ यात्राहरु बोकेर र आफैमा अनेकौ उपाख्यानहरु लिएर हिड्ने गर्छ। जीवनको त्यो दौड समयले गर्दा हो वा समय जीवनले गर्दा हो, त्यसको लेखाजोखा समयलाईनै अनेकौ पटक छोड्नु पर्ने हुन्छ सायद। यात्राका अनेकौ ढंगहरु र बाटाहरु हुदा हुदै समयलाई निकै रमाईलो सगँ लिने र यसको ब्याख्या गर्ने गरिन्छ सायद र यसको उपमा जे दिए पनि यो एउटा बिल्कुलै “फगत समय” हुने गर्छ। चार टुक्रा फेरि आफ्नै गाउँ ठाउँको लागि र मैले यहाँ राखिदिए। आफ्नो ठाउँ र समय चाहेर पनि सघै आफ्नो हुदो रहेनछ त्यसैले समय सगँ सानो गुनासो पनि छ र छैन पनि।
भित्र पस्नुहोस