Wednesday, May 12, 2010

युवा क्लबको स्थापना

        युवाहरुको एक भेलाले अजा गाँउको विकास गर्ने उद्देश्यले स्याङ्जाको फापरथुम गाँउ विकास समिति ७ स्याङ्जामा युवा क्लबको स्थापना गरेको छ । फापरथुम ७ टिकाजाका युवहरुको भेलाले टिकाजा युवा क्लब गठन गरेको हो जसको संयोजकमा कउष्णप्रसाद ढकाल रहनुभएको छ । नवगठित क्लबको उपाध्यक्षमा राजन ढकाल, कोषध्यक्षमा गोपी ढकाल, सचिवमा ताराकान्त ढकाल, सहसचिवमा महेन्द्रढकाल तथा सदस्यहरुमा इश्वर ढकाल, देवेन्द्र ढकाल, नारायण ढकाल, ऋषिराम ढकाल, नविन ढकाल रहनुभएको छ । त्यस्तै आजै सम्पन्न भेलाले सल्लाहाकारमा टिकारामा ढकाल र तेजप्रसाद ढकाललाई समेत चयन गरेको छ ।

( स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज )

बाख्रा साटासाट कार्यक्रम

         स्याङ्जाको वहाकोट र ठुलाहाडि गाँउविकास समितिमा लागु भएको बाख्रा साटासाट कार्यक्रमले महिलाहरु आत्म निर्भर भएका छन् । विपन्न परीवारका महिलाहरुको जिवनस्तर परिवर्तन गर्ने उद्देश्यले संचालित कार्यक्रम अन्र्तगत बाख्रापालन गरेका बहाकोटको गैहा र ठुलाहाडि ढापाका करीब ५० महिला कृषकहरुले प्रत्यक्ष फाइदा लिइरहेका छन् । हेफर इन्टरनेशनल र जनचेतना विकास केन्द्र पोखराको सहयोगमा उत्त कार्यक्रम संचालन भएको हो । विशेषत निम्न आयस्तर भएका महिलाहरुको जिवन स्तर उकास्ने उद्देश्यले बाख्रा साटासाट कार्यक्रम निकै सफल समेत मानिएको छ । एक कृषकलाई २ बाख्राका दरले वितरण गरी उत्पादित बाख्रा फिर्ता गर्ने गरी बाख्रा साटासाट कार्यक्रम संचालन गर्ने गरिएको छ । सोही कार्यक्रम अन्र्तगत आज ठुलाहाडि ८ मर्सकामा नयाँ बख्रा पालक महिलाहरुको समुह गठन गरी बाख्रा वितरण गरीएको छ । २५ जना कृषक महिलाहरुको समुहले सितला महिला विकास समुह गठन गरे पश्चात उनिहरुलाई पनि बाख्रा वितरण गरीएको बताइएको छ ।

( स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज )