लामागेमा निःशुल्क आँखा शिविर सम्पन्न
(मेरोस्याङ्जा डट कम) स्याङ्गजाको लामागेमा निःशुल्क आँखा शिविर सम्पन्न, स्याङ्गजा ÷२०६७ माघ २४, लाइन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीको आयोजना र हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राबिधिक सहयोगमा पुतलीबजार न।पा। वडा नं। ९ लामागे स्थित ध्रुर्बोदय बोर्डिङ्ग स्कुलमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भयो ।

लामागे वरिपरीका गाँउहरु जोगिचौर पात्ला पण्डितथर भण्डारीथर आमडाँडा सतौं कुलबाँध राङ्गदाङ्ग पुतलीवजार बाडखोला प्रगतिनगर रामकोश तथा टिकाजा देखि आएका ४१२ जनालाई आँखापरीक्षण गरी निःशुल्क औषधि वितरण गरीनुका साथै ९७ जनालाई निःशुल्क चश्मा पनि वितरण गरीएको लाइन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीका सह-सचिव लायन रामजी शर्माले जानकारी दिनुभयो । परीक्षण गरिएका मध्ये २५ जनामा मोतियाविन्दुको समस्या देखिएकाले पोखरास्थित हिमालयन आँखा अस्पतालमा भर्ना गरीएको र उक्त विरामीहरुको खाने बस्ने देखि उपचार पश्चात घर पठाउने ब्यवस्था तथा सम्पूर्ण आवश्यक आर्थिक जिम्मेवारी पनि क्लबलेनै लिने कुरा लायन रामजी शर्माले बताउनु भयो ।
भित्र पस्नुहोस
नेपाल सरकार कृषि मन्त्रालयको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ एक गाँउ एक उत्पादन सचिवालयको समन्वयमा वालिङ उद्योग वाणिज्य संघद्धारा स्याङ्जाको जगतभञ्ज्याङ गाँउ विकास समितिको वडा नं. २ पाण्डेथोकमा अर्गानिक कफि उत्पादनको विषयमा छलफल सम्पन्न भएको छ ।