Saturday, July 24, 2010

जापानीज राष्ट्रिय खेलाडिद्धारा प्रशिक्षण

(लोकनाथ मरासिनी)
                स्याङ्जा, साउन ७ - स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ बाड्खोलामा शुक्रबार जापानीज फुटबल टीमका दुइ राष्ट्रिय खेलाडिद्धारा प्रशिक्षण प्रदान गरिएको छ । शिशुनिकेतन आवासीय माध्यमिक विद्यालय बाडखोलाका कक्षा ४ देखि १० सम्मका करीव ८० विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको हो । जापनीज राष्ट्रिय टीमका किमुरा तेत्सुमासा र योशिहितो हिसीगाकीले फुटबल खेल सहकार्यका आधारमा जित्न सकिने भएकाले मिलेर काम गर्दा ठुलो काम पनि सफलतापुर्वक सम्पन्न गर्न सकिन्छ भन्दै प्रशिक्षण प्रदान गरेका थिए । जापनीज खेलाडिहरुले शिशुनिकेतनका विद्यार्थीहरुलाई चारवटा फुटवल समेत वितरण गरेका थिए । जाइकाको सहयोगमा साचालित प्रशिक्षण कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानध्यापक कुमार रानाले गरेका थियो भने शिक्षक मनोज मल्लले साचालन गरेका थिए ।

क्याम्पस व्यवस्थापन समिति पदाधिकारद्धारा राजिनामा

(लोकनाथ मरासिनी)

       स्याङ्जा, साउन ७ -स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसको व्यवस्थापन समितिमा देखिएको विवादपछि चार जना साचालक समितिका पदाधिकारीले सामुहिक राजीनामा दिएका छन् । विवादपछि राजीनामा दिनेहरुमा दिलिपप्रताप खाँण, लोकनाथ अर्याल, मुक्तिप्रसाद सुवेदी र ले. यामबहादुर गुरुङ रहेका छन् । क्याम्पसको संचालक तथा व्यवस्थापन समितिको नेतृत्वले मनोमानी ढंगले कामकार्वाही गरेको र आँफुहरुप्रति अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै सामुहिक राजिनामा दिएका हुन् । राजिनामा दिएका दिलीपप्रताप खाँणका अनुसार विभिन्न चरणमा क्याम्पसको नियुक्ति प्रकृया तथा अन्य काममा राजनितिक पुर्वाग्रहबाट कार्य गरीएकाले राजीनामा गर्न बाध्य भएको बताए । राजिनामा गर्ने पदाधिकारीहरुले प्राज्ञिक मर्यादाको अपमान भएकाले सामुहिक राजीनामा दिएको आरोप लगाएका छन् ।

पुष्पलाल स्मृतिमा रक्तदान

(लोकनाथ मरासिनी)

     स्याङ्जा, साउन ६ - नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३२ औ स्मृति दिवसको अवसर पारेर युवा संघ स्याङ्जाले सदरमुकाम पुतलीबजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान जिवनदान माहादानु भन्ने मुल नाराकासाथ भएको रक्तदान कार्यकक्रममा नेकपा एमाले स्याङ्जाका उपसचिव सुधिर पौडेल रामचन्द्र भटटराई मोहन रेग्मी लगायत ४७ जना व्यक्तिले रक्तदान गरेका थिए ।
भित्र पस्नुहोस

नयाँ संविधान बन्नेमा आशंका हुनु विडम्बना- तुलाधर

(लोकनाथ मरासिनी)

       साउन ६ स्याङ्जा - वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले प्रमुख दलहरुबीचको खिचातानीले थपिएको एकवर्षमा पनि नयाँ संविधान बन्नेमा आशंका सृजना हुनुमा विडम्वना भएको बताएका छन् । मानव आधिकार संरक्षण माच स्याङ्जाको आयोजनामा स्याङ्जा सदरमुकाममा बिहिबार गरिएको शान्ति प्रकि्रया र संविधान निर्माण सम्वन्धी चुनौति र अपेक्षा विषयक अन्तकि्रया कार्यक्रममा बोल्दै उनले संक्रमणकालीन विशेष अबस्थाभएकाले बहुमतको सरकार नभई राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।
भित्र पस्नुहोस