Saturday, August 2, 2008

स्याङ्जामा नदी महोत्सव हुने

कास स्याङ्जा, साउन १८ - जिल्लामा पर्यटन प्रवद्धन गर्न आउ“दो कात्तिक २४ देखि २६ सम्म 'राष्ट्रिय नदी महोत्सव' गरिनेभएको छ । महोत्सव नेपाल पर्यटन बोर्ड, जिल्ला पर्यटन विकास समिति, जिविस, नेपाल र्‍याफटङ एजेन्ट एसोसिएसन र कालीगण्डकी ग्रामीण पर्यटन समितिले गर्न लागेका हुन् । महोत्सव सफल पार्न आयोजकले डा. बुद्धिमान श्रेष्ठको संयोजकत्वमा १ हजार १ सदस्सीय समिति बनाएका छन् ।

बस दुर्घटनामा १० जना घाइते

स्याङ्जाबाट पोखरा तर्फ जादै गरेको ग१ख २२७३ नम्बरको माइक्रोबस हिजो कास्कीको पुम्दीभुम्दी २ भ्यु-पोइन्ट नजिकैको घुम्तिमा ठक्कर खाँदा बिहान पौने ११ बजे बस दुर्घटनाग्रस्थ भएको हो । माइक्रोबस दुर्घटना हुँदा बस चालक सहित १० जना घाइते भएका छन । दुर्घटनामा परी घाइते भएकाहरुको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ ।