Saturday, December 11, 2010

स्याङ्जामा आइतबार रक्तदान हुदै

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर २५ - 
स्याङ्जामा आइतबार रक्तदान कार्यक्रम गरिने भएको छ । मानव रगतको कुनै मुल्य छैन यसको कृत्रिम उत्पादन गर्न सकिदैन मानवताका लागि मानिसहरुबाट मात्र प्राप्त गर्न सकिन्छ भन्दै सत्य साई केन्द्र स्याङ्जाले रक्तदान कार्यक्रम सदरमुकामस्थित सहिदचोकमा आयोजना गर्ने भएको हो ।
भित्र पस्नुहोस

स्याङ्जाली विद्यार्थि नेताहरु सम्मानित

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर २५ - 
 नेकपा एमाले निकटको विद्यार्थि संगठन अनेरास्ववियुको २० औ राष्ट्रिय सम्मेलनमार्फत विजयी भएका स्याङ्जाका विद्यार्थि नेताहरुलाई शनिबार काठमाडौमा सम्मान गरीएको छ । नेकपा एमाले स्याङ्जा काठमाडौ सम्पर्क मञ्चको अयोजनामा काठमाडौको आर आर क्याम्पसमा उनिहरुलाई सम्पन्न गरीएको हो ।
भित्र पस्नुहोस

गरगहना धितो राखेर सडक निर्माण

स्याङ्जा २४ मङ्सिर -
 गरगहनालाई बैंकमा धितो राखेर स्याङ्जाको एलादी गाविसका आमाहरुले आफ्नो गाउँसम्म पुग्ने चार किलोमिटर ग्रामीण सडक निर्माण गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाको सिमाना रत्नेदेखि जिमिरे भोर्लेडाँडा खाल्टे देवीस्थानसम्मको ग्रामीण सडक एलादी गाविसको स्थानीय मालिका आमा समूहको सकि्रयतामा निर्माण गरिएको हो ।
भित्र पस्नुहोस

राज्यमन्त्री भट्टराईद्वार कालीगण्डकी ए को निरीक्षण

स्याङ्जा २३ मङ्सिर -
ऊर्जा राज्यमन्त्री चन्द्रिसंह भट्टराईले पश्चिम स्याङ्जाको कृष्णगण्डकी गाविसमा रहेको नेपालकै ठूलो जलविद्युत गृह कालीगण्डकी एु बाँध र उत्पादन गृहको आज बिहान निरीक्षण गर्नुभयो ।
 कुल १४४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको विद्युत् गृहको निरीक्षण गर्दै राज्यमन्त्री भट्टराईले इमान्दारिताका साथ छिटो र छरितोरुपमा प्राविधिक समस्याको समाधान गर्न कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो । उहाँले कर्मचारीहरुको मनोबल बढाउनका लागि सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउन लागेकोसमेत जानकारी दिनुभयो ।
 निरीक्षणका क्रममा राज्यमन्त्री भट्टराईलाई नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए जलविद्युत विभागका प्रमुख चन्द्रकान्तलाल दासले त्यहाँको गतिविधि र प्राविधिक कुराहरुको जानकारी गराउनुभएको थियो ।
भित्र पस्नुहोस