सम्पत्ति पाउन सन्तान
स्याङ्जा, जेष्ठ 2 -
अजुर्नचौपारीकी रमा अर्यालले विवाह गरेरै मात्र परिवारको सदस्य बन्न पाइनन् । श्रीमान्को सम्पत्तिको अंशियार हुन र परिवारले विश्वास गर्न उनले सन्तान जन्माउने बेलासम्म कुर्नुपर्यो । उनले भनिन्, 'सन्तानमात्र पाए सबै अधिकार प्राप्त हुने गर्छ ।' बच्चा नहँुदा उनी धेरै अधिकारबाट वञ्चित थिइन् ।
उनी मात्रै होइन जिल्लामा धेरै महिलाले सम्पत्ति आफ्नो नाममा राख्नका लागि बच्चा पाउनै पर्छ । बुहारीलाई अंशियार गन्ने चलन छैन । पछिल्लो समय भ्रष्टाचार गरेको पैसा र दाजुभाइलाई लुकाउन पर्यो भने श्रीमतीको नाममा राख्ने चलन बढेको सुरक्षा दबाब समूहकी अध्यक्ष गीता पोखरेलले बताइन् । उनले भनिन्, 'जग्गा बेचेर खान्छे या अर्कैसँग विवाह गरेर जान्छे भन्ने डरका कारण महिलालाई सम्पत्ति दिइँदैन तर लुकाएको सम्पत्ति नाममा पर्छ ।' बच्चा भएपछि धेरै हदसम्म ऊ अर्को बिहे नगर्ने र व्यावहारिक बन्नेमा परिवार ढुक्क हुन्छन् ।
भित्र पस्नुहोस