Saturday, February 28, 2009

नयाँ संविधान निर्माणका लागि जनमत संकलन गर्न गाउँ जाने तयारीका साथ कास्की र स्याङजाका लागि खटाइएका सभासद्हरु शनिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल गर्दै ।
(तस्‍बिर: सन्तोष पोखरेल)

संस्कृत आश्रममा अंग्रेजी पढाइ

स्याङ्जा - संस्कृत मात्र पढाइ हुने गुरुकुल वेदविद्याश्रम चिलाउनेबासमा अंग्रेजीको पठनपाठन सुरु गरिएको छ । विद्यार्थीलाई समयअनुसार शिक्षा दिन अंग्रेजीलाई पाठ्यक्रममा समावेश गरिएको आश्रम व्यवस्थापन अध्यक्ष पुण्यप्रसाद उपाध्यायले बताए । उनले भने, 'आधुनिक र समयसापेक्ष बनाउन परिमार्जन गरेका हांै । आश्रममा ३२ जना विद्यार्थी पढ्ने गर्छन् । तीमध्ये २२ जना आवासीय छन् । शिक्षक दधिराम तिमिल्सिनाले विद्यार्थीलाई सबै विषयमा पोख्त बनाउन अंग्रेजी पढाउन थालिएको बताए । आश्रमका विद्यार्थी फुर्सदमा कर्मकाण्ड गर्न जान्छन् ।