Sunday, October 10, 2010

सेतिदोभानमा २५ शैयाको सामुदायीक अस्पताल

प्रकाश डोटेल स्याङ्जा–२५, असोज
जिल्ला सदरमुकामबाट नजिक रहेर पनि उचित स्वास्थ्य सेवा पाउनबाट बञ्चित यहाँका सर्वसाधारणको सक्रियता सामुदायीक स्तरमा सेतिदोभान गाउं विकास समिति–३, सेतिदोभानबजारमा २५ शैयाको अस्पताल निर्माण हुने भएको छ।
आँधीखोला विकास तथा वातावरण स्वच्छता समूहको आयोजनामा सदरमुकामबाट करिव १० किलोमिटरको दुरीमा उत्तरी क्षेत्र सेतिदोभानमा ६ रोपनी क्षेत्रफलमा फैलिएको १२ कोठाको भवनको अस्पताल करिव ३२ लाखमा अस्पताल निर्माण हुन लागेको हो।
अस्पताल निर्माणका लागि रकम जुटाउन गतवर्षको चैत्रमा महोत्सव सम्पन्न गरियो। सामुदायीक अस्पताल विकास समितिका संस्थापक अध्यक्ष जयराम पौडेलले भने, आवश्यक रकम जुटाउन समय–समयमा चन्दा उठाएका छौं। अपुग रकम संकलन गर्न अगामी चैत्रमा महायज्ञ गर्ने तयारी गरिएको पौडेलले बताए।
भित्र पस्नुहोस

मनकुमारी–केदार पुरस्कार सुकुमलाई

प्रकाश डोटेल स्याङ्जा–२५, असोज
मनकुमारी–केदार शर्मा ढकाल प्रतिभा पुरस्कारबाट यस वर्ष साहित्यकार समालोचक सुकुम शर्मा पुरस्कृत भएका छन्। १५ हजार राशीको यस साहित्यक पुरस्कार स्याङ्जा जिल्लाकै ठुलो पुरस्कार हो। शर्मालाई भाषा साहित्यमा योगदान पुर्‍याएबापत यो पुरस्कारबाट सम्मान गरीएको हो। मनकुमारी केदार शर्मा पुरस्कार सम्मान प्रतिष्ठानले प्रतेक दुई, दुई वर्षमा यो पुरष्कार वितरण गर्दै आएको छ।
भित्र पस्नुहोस

अक्षयकोषबाट आर्थिक साहायता तथा सम्मान

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा २५ - स्व. कुलबहादुर र शेरबहादुर रानाभाट स्मृती अक्षयकोषबाट आइतबार स्याङ्जाको भाटखोला भित्र रहेका अपाङ्ग अशक्त बिपन्न परिवारलाई आर्थिक सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाविस भित्र रहेका १२ अपाङ्ग अशक्त तथा बिपन्न परिवारका सदस्यलाई जनहि ५ सय रुपैयाँका दरले र गाविस भित्र रहेका जेष्ठ २ नागरिकलाई आज सम्मान गरीएको हो ।
भित्र पस्नुहोस

दशै खर्च कटाएर माहुरी तालिम

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा २५ - मैदान भाउजु समुह सिस्रेकोट स्याङ्जाका सदस्यहरुले आफुले दशै खर्च स्वरुप प्रप्त गरेको केहि रकम जम्मा गरेर गाउँलेलाई व्यवसायिक माहुरी पालन तालिम सुरु गरेका छन् । गाउँलाई कृषि पर्यटकिय क्षेत्रका रुपमा अगाडि बढाउन क्रियाशिल मैदान भाउजु समुहले सिस्रेकोट भित्रका व्यवसायिक ज्ञान नभएका माहुरी कृषकहरुका लागि प्रशिक्षण सुरु गरेको हो ।
भित्र पस्नुहोस

सडक दुर्घटनामा २ जना गम्भिर घाइते

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा २३ - स्याङ्जाको मालुङ्गाबाट गल्याङ्गतर्फ आउदै गरेको मोटरसाईकललाई शुक्रबार राति सिद्धार्थ राजमार्गको मालुङ्गा २ मा मालबाहाक ट्रकले ठक्कर दिदा २ जना गम्भिर घाइते भएका छन् ।
विपरित दिशाबाट गइरहेको भारतिय एचआर ३७ बि ६५१० नंम्बरको ट्रकले ग २ प ५३८ को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।
भित्र पस्नुहोस

स्वामी आनन्द अरुण स्याङजामा

(राधाकृष्ण डुम्रे) स्याङजा, असोज २२ - स्याङ्जाको वालिङमा रहेको ओशो तिर्थ ध्यान केन्द्रको आयोजनामा भएको कार्यक्रममा ओशो क्षेत्रका ज्ञाता वोधीसत्व स्वामी आनन्द अरुण स्याङजामा पुग्नुभएको थियो । उहाँले मानव जातीमा रहेको अहंकार गर्ने वानी क्यान्सर भन्दा पनि खतरानक रोग भएको वताउनु भयो ।
उहाँले क्यान्सरले स्वयं एक व्यक्तिलाई खतरा हुने तर अहंकारले परिवार र समाजलाई समेत पतन तर्फ लैजाने वताउनु भयो । कार्यक्रममा प्रवचन गर्दै स्वामी अरुणले सफलता र निरोगिताको लागि साधना जरुरी रहेको स्पष्ट पार्नु भयो । उहाँले विभिन्न साधकहरुको सहयोगमा नेपालका विभिन्न ठाँउमा तपोवन वनाउने कार्य जारी रहेको जानकारी दिनुभयो । सो अवसरमा स्याङ्जाका विभिन्न एघार जना साधकहरुले दिक्षा लिएको ओशो ध्यान केन्द्रका वालिङका अध्यक्ष सुरज प्रताप खाँणले जानकारी दिनुभयो । 

दसैको मुखमा आएर जीप नचल्दा यात्रुलार्इ सास्ती

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा २० - सोमबारदोखि अवरुद्ध भएको स्याङ्जाको बाडखोला दुलेगौंडा सडक खण्ड अन्तर्गत बाडखोला नयाँबजार पौवैगौडे खण्डमा स्थानिय महिलाहरुको विरोधपश्चात जिप संचालन अनिश्चित बनेको छ ।
सहमति भन्दा बढि भाडा लिएको भन्दै स्थानियको विरोध पश्चात आफै जिप संचालन बन्द गरेर विरोधमा उत्रिएका जिप संचालकहरु स्थानिय पार्टि प्रतिनिधि र उपभोत्ताहरु विच भएको बार्तामा स्थानिय जनकल्याण समाज सुधार महिला संजालले आपत्ति जनाएपछि बर्ता कुनै निष्कर्षमा पुग्न नसकेको हो ।
भित्र पस्नुहोस

दशै नजिकिदै गर्दा बैकिङ कारोबारमा ह्वतै बृद्धि

स्याङ्जाका वित्तिय संस्थाहरुको कारोबार उल्लेख्य रुपमा बृद्धि भएको छ ।
दैनिकजसो करीव चार करोड रुपैयाँको कारोबार गर्ने नेपाल बैंक लिमिटेड स्याङ्जाले मंगलबार मात्रै सात करोड बढीको कारोवार गरेको प्रबन्धक डोलराज केसीले बताएका छन् । गतबर्ष ग्राहकको माग बमोजिम रकम भुक्तानी दिन अप्ठ्यारो परेका कारण यसपालि माग बमोजमको रकम भुक्तानी दिन सकिने व्यवस्था मिलाइएको के।सीले जानकारी दिए । बैंकले एकै ठाउँबाट भुक्तानी दिइँदै आएकोमा सेवाग्राहीको संख्यामा बृद्धि भएपछि मंगलबारदेखि तीन ठाउँबाट भुक्तानी दिने व्यवस्था मिलाएर भीड कम गर्ने कोशीस गरेको छ । पेन्शन तथा बचत खाता चल्ती तथा सरकारी र रेमिट्यान्स तथा अन्य गरी तीन वटा काउन्टरबाट नेपाल बैक लिमिटेडले सेवा सुरु गरेको हो ।
भित्र पस्नुहोस