Tuesday, December 7, 2010

सोलार प्लान्ट सिचाईले जीवनस्तरमा परिवर्तन

प्रकाश डोटेल स्याङ्जा–२२, मंसिर
खानेपानीको असुविधाबाट बञ्चित स्याङ्जाको जगतभञ्ज्याङ् गाविस–२ स्थित पित्लेक क्षेत्रमा बसोबास गर्दै आएको ३३ घरपरिवारमा हाल सोलार प्लान्ट सिंचाई प्रणालीबाट सिंचाई सुविधा उपभोग गर्न थालेपछि उनीहरुको जीवनस्तरमा परिवर्तन आएको छ ।
आर्थिक वर्ष २०६४÷०६५ मा जिल्ला कृषि विकास कार्यालय स्याङ्जाद्धारा सञ्चालित सिंचाइ योजना लागु भएपछि उनीहरुको जीवनस्तरमा परिवर्तन आएको हो । सोलार प्लान्ट प्रणालीबाट निर्मित उक्त योजना स्याङ्जा जिल्लाको एक मात्र नमूना सिञ्चाई योजना हो ।
भित्र पस्नुहोस

कुखुराको मासुको मुल्य घट्यो

प्रकाश डोटेल स्याङ्जा–२२, मंसिर
स्याङ्जामा कायम रहेको कुखुराको मासुको मुल्यमा प्रति केजि २५ रुपैया घटाउने सहमति भएको छ । कुखुरा व्यसायी, दाना व्यवासायी तथा मासु व्यवसायीहरुको स्याङ्जा सदरमुकाममा सम्पन्न भेलाले कुखुराको मासु प्रतिकेजि दुई सय ६० बाट घटाएर दुई सय ३५ कायम गर्ने निर्णय गरेको हो । जिल्लामा कुखुराको उत्पादनमा बृद्धि भएसँगै मल्यमा कमि गर्ने निर्णय भएको हो । कायम भएको मुल्य अनुसार कृषकहरुले जिउदो कुखुराको मुल्य एक सय ५० तोकिएको दाना व्यवसायी मोतिप्रसाद पौडेलले जानकारी दिएका छन् ।

शिव मन्दिरबाट मुर्ती चोरी

प्रकाश डोटेल स्याङ्जा–२२, मंसिर
वैष्णव धर्मालम्बीको केन्द्रिय कार्यालय रहेको पबित्र तिर्थस्थल स्याङ्जाको साँखर गाविस स्थित केलादीघाटको शिवालयमा रहेको मुत्र्तिसँगै बिभिन्न सामाग्री चोरी भएको छ । स्याङ्जा जिल्लाको दक्षिण पुर्वी गाबिस साखँर गाउँ बिकास समितिको वडा नम्बर–८, मा रहेको शिवालय मन्दिरमा रहेको भगवानका मुत्र्ति, अङखोरा, संङख र कमण्डलु चोरी भएको हुन् । चावी लगाएको मन्दिरको ताला फोरेर रातको समयमा मुत्र्ति चोरी भएको मन्दिरका पुजारी अमर पुरीले जानकारी दिए ।
२०३२ सालमा मन्दिर निमार्ण गरी मुर्ति प्रतिस्थापन गरिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिरको मुत्र्ति लगायत पुजा पाठमा प्रयोग गरिने सामाग्री चोरी भएको हो । चोरीमा संलग्नको खोजी भएको प्रहरीले बताएको छ ।

सामाजिक सेवाका लागि मुस्लिम युवा संगठित

प्रकाश डोटेल स्याङ्जा–१९, मंसिर
जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्रमा बसोबास गरेका मुस्लिम समुदायका सक्रिय युवाहरुको एक भेलाले जिल्लामा सचेतना मुलक कार्यक्रक संचालन गरि सामाजिक सेवाको उद्देश्यले मुस्लिम युवा क्लव गठन गरेका छन् ।
गठित... क्लवको अध्यक्षमा सैदुद्धिन मियाँ, उपाध्यक्षमा मोहम्मद सहिद अलि, अहम्ददिन अलि, समिम अलि, सचिवमा मोहम्मद साहाजाहा, सह–सचिवमा मजिद मियाँ र कोषाध्यक्षमा अलि मियाँ (मुमु) रहेका छन् ।

भित्र पस्नुहोस

वालिंग महोत्सब

हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचन भन्ने मूल नाराका साथ स्याङजाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको वालिङमा रहेको खेल मैदानमा तेस्रो वालिङ महोत्सव २०६७ का रुपम क्षेत्रिय औधोगिक, कृषि, पर्यटन तथा ब्यापार मेला आयोजना हुने भएको छ ।वालिङ उद्योग वाणिज्य
संघको आयोजनामा आगामी माघ १४ देखि २३ गते सम्म १० दिन मह...ोत्सवको आयोजना गर्न लागेको सोमबार वालिङ्मा आयोजित पत्रकार सम्मेलनमा जानाकारी गराइएको
हो|

विद्यालयलाई कम्युटर हस्तान्तरण

लोकनाथ मरासिनी स्याङ्जा १७ मंसिर
विभिन्न सामाजिक तथा शैक्षिक कार्यहरुमा सहयोग पुराउदै आएको स्याङ्जा सहयोग समाज दोहा कतारले स्याङ्जाको रणजनहित उच्च मावि त्रियासी खहरेलाई कम्युटर हस्तान्तरण गरेको छ । विद्यालयको शैक्षिक स्तर सुधारका लागि समाजल...े विद्यालयलाई १ थान कम्युटर तथा टेबुल फ्यान समेत हस्तान्तरण हो । समाजका अन्तराष्ट्रिय समन्वय समिति स्याङ्जाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले कम्युटर हस्तान्तरण गरेका हुन् । जिल्लाका विभिन्न विद्यालयहरुमा यस अगाडिनै समाजले विभिन्न किसिमा आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आएको छ ।

भित्र पस्नुहोस